“राम्रीमा राम्री तामाङनी नाना” ले पल पाख्रिनलाई चिनायो दर्शक श्रोता माझ
screennepal
प्रकाशित: २०७५, ३१ असार आईतवार
no img

स्क्रिननेपाल डटकम :
नेपाली सांगीतिक क्षेत्रमा जमेका गायक पल पाख्रिनले अहिले सम्म दर्शक श्रोताको लागि धेरै गीतहरु बजारमा पेश गरिसकेका छन् | त्यस मध्य धेरै गीत सफल पनि भएका छन् | तर त्यसै मध्यको एक सफल गीत हो “राम्रीमा राम्री तामाङनी नाना” | यो गीत १ बर्ष अगाडी रिलिज भएको गीत हो तर यसको प्रभाव अहिले पनि छ | सुन्दर शब्द र संगीत सहित तयार भएको यस गीतले रोमान्टिक जनराको आधार बनाउछ | स्मृति पाख्रिनको शब्द र प्रयास दोङको संगीत रहेको यस गीतमा पल पाख्रिनले आफ्नो सुमधुर स्वर भरेका छन् | सरसर्ती हेर्ने हो भने यस गीतले नै पल पाख्रिनलाई सांगीतिक दुनियामा आफ्नो परिचय निर्माण गर्न सहयोग गरेको देखिन्छ |

गीतले यति बेला प्रविधिंक हिसाबले हेर्ने हो भने युटुबमा त्यति धेरै भिवर्स प्राप्त गरेको छैन तर यो गीत धेरै दर्शक श्रोताको माझमा पुगेको भने पक्का छ | आजको युग सबैलाई थाहा नै छ धेरै कुरामा परिवर्तन आइसक्यो यस हिसाबले पनि प्राविधिक हिसाबलाई जोडेर युटुबलाई सबै थोक मान्न सकिदैन | यस हिसाबले उनको गीतले धेरै नै दर्शक श्रोताको प्रशंसा बटुल्यो | गीतको भिडियो पनि राम्रो नै बनेको छ | कबिन योन्जनको छायांकन र कबिन भण्डारीको सम्पादनमा तयार भएको यस गीतको भिडियोलाई प्रदिप योन्जनले निर्देशन गरेका हुन् | भिडियोमा पवन थिङ, बिक्रम तामाङ, बिना घिसिङ, रबिना तामाङ, संगीता गुरुङ, रीतिका तामाङ र सुनिता राई लगायतका मोडलहरुको अभिनय रहेको छ |

अहिले पल पाख्रिन आफ्नो नया प्रोजेक्टको काममा ब्यस्त रहेका छन् | यस्तै उनले मलेसियामा एक नया कामको थालनी समेत गर्दैछन् | हो दर्शकबिन उनले मलेसियामा नै गीत रेकर्डिङ स्टुडियो खोल्दैछन् | अहिले त्यसको काम भईरहेको छ | अब छिट्टै नै उक्त स्टुडियो संचालनमा आउने उनले बताए | नया प्रतिभालाई बाहिर निकाल्ने एउटा माध्यम होस भनेर नै आफुले उक्त स्टुडियो संचालनमा लिएर आउन लागेको उनको दाबी छ | यस्तै मलेसियामा धेरै प्रतिभा लुकेको हुनाले उनीहरुले स्टुडियो नभएकै कारण आफ्नो क्षेमता बाहिर देखाउन नसकेको पनि उनको भनाई रहेको छ | यहि हिसाबले पल पाख्रिन यति बेला धेरै नया प्रतिभाको लागि एक गहकिलो उदहारणीय पात्र बनिरहेका छन् |

हेर्नुस भिडियो :

Comments