ताज जिते भने सायद रुन्छु होला : युनिता
screennepal
प्रकाशित: २०७५, २९ असार शुक्रबार
no img

जुमिङ इभेन्ट युएईद्धारा आयोजित ‘मिस वल्र्ड डाइभर्सिटी’मा नेपालको तर्फबाट युनिता खत्री सहभागी छिन् । प्रतियोगितामा विश्वका ५० राष्ट्रका सुन्दरीले सहभागिता जनाउँदैछिन् । यो प्रतियोगिता दोस्रो संस्करण हो ।
युनिता यसअघि ‘मिस ई–कलेज’मा सेकेण्ड रनरअप भएकी थिइन् । उनलाई यही मञ्चबाट ‘मिस वल्र्ड डाइभर्सिटी’ का लागि चुनिएकी हुन् । अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिलोपटक प्रतिभा देखाउने अवसरले पाएकी उनले भनिन्, ‘यदि मिस वल्र्ड डाइभर्सिटीको ताज पाएँ भने खुशी हुनेछु र सायद रुन्छु पनि होला किनकि आँशु, सुख र दुखको साथी हो ।’ साथै, उनले आफ्नो देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन केही योगदान पुग्ने बताइन् ।


‘मिस वल्र्ड डाइभर्सिटी’मा उत्कृष्ट प्रदर्शनका लागि जुमिङ इभेन्टले युनिताको छनोट पछि प्रतिभामा निखार ल्याउन विभिन्न प्रयोगात्मक प्रशिक्षण समेत उपलब्ध गराउँदै आएको छ । सुन्दरी युनिकाको व्युटि प्याजेन्टमा सहभागी हुने बाल्यकालदेखिको सपना हो ।
यस इभेन्टमा संस्कृति, प्रतिभा त्यस्तै ¥याम वाकसमेत गरी विभिन्न चार शीर्षकमा प्रतियोगिता हुनेछ । उनी भन्छिन्, ‘प्रतिस्पर्धामा जीत र हार त छँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्न पाउनु नै सौभाग्यको कुरा हो ।’ फेसन उद्योगमा युनिताको तीन वर्षे यात्रा एसएलसी परीक्षा सकिएपछि सुरु गरेकी हुन् ।
युनिग्लोब कलेजमा सूचना प्रविधि संकायको प्रवीणता प्रमाण पत्रतहमा अध्ययनरत उनी सफ्टवेयर प्रोग्रामिङमा विशेष अभिरुचि राख्छिन् । ‘मिस नेपाल’ माल्भिका सुब्बालाई उनी प्रेरणा मान्छिन् । ‘मिस वल्र्ड डाइभर्सिटी’को ताज जिते पनि के गर्नुहुन्छ भन्ने प्रश्नमा युनिता भन्छिन्, ‘म जहाँ गए पनि नेपालको दौरा सुरुवाल र साडी चोलोलाई बिर्सिन सक्दिनँ । यो देश मेरो मुटुमा बसेको छ कसरी बिर्सिन सक्छु ।’

 

Comments