सलोन र करिश्माका रोमान्टिक ‘पहिलो प्रेम’
screennepal
प्रकाशित: २०७५, २८ असार बिहीबार
no img

फिल्म ‘बाबु कान्छा’ यही २९ असारमा प्रदर्शनमा आउँदैछ । यसैबेला फिल्मको रोमान्टिक गीत सार्वजनिक गरिएको । स्मरणीयm कुरा त यो फिल्ममा रियल जोडी सलोन बस्नेत र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् । सार्वजनिक गीतमा पनि यिनै प्रेम जोडीलाई पिÞmचरिङ गरिएको छ । सलोन र करिश्मा केही समययता प्रेममा छन् ।
यिनै प्रेम जोडी अभिनीत ‘बाबु कान्छा’को ‘मेरो पहिलो प्रेम’ बोलको रोमान्टिक गीतमा सार्वजनिक गरिएको हो । जसमा सुशील पंगेनीको शब्द तथा कमल खत्री र सुधा रत्नको स्वर रहेको छ ।
टंक बुढाथोकीको संगीत रहेको यस गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । लमजुङको घले गाउँमा छायांकन गरिएको गीतमा हिमालका रमणीय दृश्यहरु समावेश गरिएको छ ।
फिल्ममा सलोन र करिश्माका अलावा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कँडेल लगायतको अभिनय रहेको छ । यसै फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन् ।
यस फिल्ममा शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशन रहेको छ भने निर्मातामा सन्तोष राजभण्डारी र सुरज घिमिरे रहेका छन् ।

Comments