नया प्रतिभाको भिडमा मिसिएर गीत संगीतमा प्रवेश गर्दै नव गायक अमर पाख्रिन
screennepal
प्रकाशित: २०७५, २७ असार बुधबार
no img

स्क्रिननेपाल डटकम :
गीत संगीत दर्शक श्रोताको लागि निर्माण हुने हो भनेपछि दर्शक श्रोताकै मन मस्तिषकमा सधैव त्यो कुरा ताजा हुन पनि जरुरी छ | गीत संगीत भन्ने बित्तिकै सांगीतिक क्षेत्रको कुरा आईनै हाल्छ यसकारण सांगीतिक क्षेत्रमा जो कोहि पनि आबद्ध हुन्छ भने उसको र उसको कामको साथमा क्षेमताको सहि मुल्यांकन दर्शक श्रोताबाट नै हुन जरुरी पनि रहेको छ | यो कुरा भनिरहँदा अहिले सांगीतिक बजारमा एकसाएक नया प्रतिभाको आगमन भईरहेको छ र हुने क्रममा पनि रहेको छ | त्यति सजिलो पनि छैन यो क्षेत्र यहाँ धेरै संगर्ष र मेहेनत र भाग्यको पनि अत्ति नै आवश्यकता भएको अहिले सम्मको तथ्यांकले बताउछ | यहि कुरालाई आधार मानेर कुरा गर्ने हो भने यहाँ नया प्रतिभाको कदर भएको पनि छ तर सिमित | धेरैको आगमन हुन्छ तर यस क्षेत्रमा निरन्तरता दिने अन्त्यमा निकै कम हुन्छन र अहिले सम्म भई आईरहेको पनि यहि नै हो | खेर यो कुरा एक ठाउँमा छ तर हामी अब यो क्षेत्रमा प्रवेशको क्रममा रहेका नया प्रतिभाको कुरा गरौ | धेरै मध्य एक हुन् अमर पाख्रिन | यो नाम अहिले सुन्दर बिल्कुलै नया लाग्छ तर यहि नाम छिट्टै नै धेरै दर्शक श्रोताको मनमा बस्ने संकेत देखिसकेको छ |

अमर पाख्रिनको पनि नेपाली सांगीतिक क्षेत्रमा अब प्रवेश हुने तयारीमा छ | उनको प्रवेश अगावै देखि नै धेरै कुराको आँकलन हुन सक्छ | उनको आगामी दिन कस्तो होला र यस क्षेत्रमा उनको प्रवेश सुखद र सफल होला या नहोला | तर उनले भने आफु भित्र क्षेमता भएर नै यस क्षेत्रमा प्रवेश गर्न लागेको र पहिलो प्रयास असफल भएता पनि संगर्ष र मेहेनत गर्न भने नछोड्ने प्रतिबद्धता उनले जाहेर गरिसकेका छन् | यसबाट पनि बुझिन्छ कि उनि भित्र यस क्षेत्रमा नै केहि गर्ने दृढ संकल्प रहेको छ र उनको आत्मबलको परिणाम त अब समयले बताउने नै छ | अब उनको सुरुवात हुँदै गर्दाको केहि कुरा खोलौ जसले दर्शक श्रोताहरुलाई पनि उनको सांगीतिक यात्राको आँकलन लगाउन सजिलो पर्ने छ | उनको प्रवेश पश्च्यात कामको मुल्यांकन गर्ने पनि दर्शक श्रोतालाई उनको परिचयले सजिलो बनाउने छ अवश्य पनि | हुन त उनको त्यति ठुलो परिचय पनि छैन तर अरु भन्दा बेग्लै छ उनको परिचय |

हाल उनि नेपालमा होइन मलेसियामा रहेका छन् | उनि मलेसिया गएको धेरै बर्ष बित्यो यो बिषयमा पनि हामी चर्चा गर्ने नै छौ | तर उनको नेपाल देखिको सुरुवातको कुरा पहिला हामी गरौ | सिन्धुपाल्चोक जिल्लामा उनको जन्म भएको हो र उनको बाल्यकाल जसो तसो त्यहि नै बित्यो | सानै देखि उनि भित्र गीत संगीत प्रति केहि लगाव थियो र युवा अवस्था सम्म आइसक्दा त्यो धेरै हदले बढेर गयो | हुन त धेरै कुराको ज्ञान उनले लिइसकेका पनि थिएनन् र साधनाको कमि पनि उनिमा पक्कै थियो | तर यहि क्षेत्रमा नै दुख गर्छु भन्दै उनले ज्ञान र साधना यो २ कुरामा आफुलाई डुबाए पनि तर निष्कर्ष निस्किएन | यसको अर्थ हो उनले आफ्नो मेहेनतको सहि परिणाम पाएनन् | सबैलाई थाहा भएकै कुरा हो यो क्षेत्रमा कला मात्र होइन अरु पनि थुप्रै कुराको आवश्यकता हुन्छ त्यस मध्यको एक हो आर्थिक अवस्था | यसलाई पनि मुख्य पाटो राखेर हेर्न जरुरी छ |

तर उनलाई आर्थिक संग संगै अरु पनि धेरै कुराको समस्याले घेरेको थियो त्यो बेला | सायद उनको त्यति बेला यस क्षेत्रमा प्रवेश गर्ने सहि समय आएको थिएन | सबैलाई थाहा नै छ समय भन्दा अगाडी र समय भन्दा पछाडी कसैले पनि केहि पाउन सक्दैन सम्भवत यहि कुरा उनीमा पनि लागु भयो | हुन त भाग्यले उनको नाम मलेसियामा लेखेको रहेछ | यसर्थ उनि मलेसिया तर्फ लागे | आफ्नै धेरै व्यक्तिगत कुरा र आफ्नो सांगीतिक क्षेत्रमा आबद्ध हुने सपना यो सबै कुरा मन भित्र लुकाएर उनि मलेसिया लागे | सजिलो थिएन त्यो पल उनको लागि र उनलाई थाहा पनि थिएन कि सांगीतिक क्षेत्रमा उनको प्रवेश मलेसिया देखि नै लेखेको छ | उनको मलेसिया बसाई अहिले ५ बर्ष भईसकेको छ | त्यहाँ पुगेर पनि उनले सांगीतिक क्षेत्रमा प्रवेश गर्न ५ बर्ष नै लिए र अहिले सहि समय हुँदै गर्दा उनि प्रवेशको तयारीमा रहेका छन् | आफु अहिले बल्ल सक्षम बनेको उनको भनाई रहेको छ | यो ५ बर्षको अन्तरालमा धेरै कुराको अनुभव गरेको र ती सबै कुरालाई आफ्नो पहिलो प्रस्तुतिमा समेट्ने उनले उल्लेख गरेका छन् |

हो दर्शक श्रोता उनको पहिलो अफिसियल गीत अब रिलिजको तयारीमा छ | उनले पहिलो प्रयास स्वरूप तामाङ सेलो गीत बजारमा लिएर आउने तयारी गरिहरहेका छन् | यहि गीत रिलिज संगै उनको प्रवेश नेपाली सांगीतिक क्षेत्रमा हुनेछ | आफ्नो पहिलो प्रस्तुति र यसबाट आउने दर्शक श्रोताको प्रतिक्रियालाई लिएर आफु निकै उत्साहित रहेको उनले बताएका छन् | आफ्नो पहिलो प्रस्तुतिमा आफुले सक्ने मेहेनेत गरेको उनको भनाई रहेको छ | दर्शक श्रोताले उनको पहिलो प्रयासलाई कस्तो मुल्यांकन गरिदिनुहुनेछ त्यो समयले बताउने छ | हुन त उनको यात्रा सुरु भए संगै उनले धेरै थरिका गीतहरु गाउनु पर्ने अवस्था हुनेछ तर उनलाई विशेष भने तामाङ गायकको रुपमा परिचित हुने चाहना छ | यस्तै उनलाई लोक दोहोरी गीतमा पनि लगाव रहेको उनले बताएका छन् | उनले भोलिको दिनमा एकल आवाजमा गीत निकाल्ने सोच रहेको र संग संगै एल्बम पनि बनाउने सोच रहेको बताएका छन् |

गीत संगीतमा प्रवेश हुँदै गर्दा उनको चाहना अभिनय क्षेत्रमा पनि रहेको समेत उनले बताएका छन् | आफ्नो पहिलो गीतको म्युजिक भिडियोमा सम्भवत उनि आफै मोडलको रुपमा देखिन सक्ने धेरै सम्भावना रहेको छ र उनले पनि केहि संकेत दिईसकेका छन् | अब कला क्षेत्रको २ विधामा उनको प्रवेश कस्तो रहने हो त्यो समयले बताउने छ | तर उनले प्रवेशकै क्रममा दर्शक श्रोताको साथको आफुलाई ठुलो आवश्यकता रहेको अभिव्यक्ति दिएका छन् | तसर्थ उनले सबै दर्शक श्रोताहरुलाई आफ्नो पहिलो प्रस्तुति हेरेर सुनेर सल्लहा सुझाबको साथमा अगाडी बढ्ने र अझै राम्रो गर्न सक्ने हौसला समेत प्रदान गरिदिनुहुनको लागि हृदय देखि नै बिनम्र अनुरोध समेत गरेका छन् |

Comments