यस्तो पो ‘नाइँ नभन्नु ल–५’को ट्रेलर | Screennepal

यस्तो पो ‘नाइँ नभन्नु ल–५’को ट्रेलर

नेपाली फिल्म ‘नाइँ नभन्नु ल–५’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म नेपालमा सबैभन्दा धेरै सिक्वेलको बनेको फिल्म हो । राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा बालकलाकार अनुभव रेग्मी र नव बाल कलाकार सेड्रिना शर्मास“गै अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अभिषेक नेपाललाई फोकस गरिएको छ । साथै, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझीलगायतका कलाकारलाई पनि ट्रेलरमा देखाइएको छ ।
फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका यस फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । भदौ ८ गते रिलिज हुने फिल्ममा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ ।
बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् भने निर्देशन विकास आचार्यले गरेका हुन् । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल छन् ।



Facebook Comment