मोडल पदम लामाले गरे मायामा यति ठुलो त्याग ? (भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, २६ असार मंगलवार
no img

स्क्रिननेपाल डटकम :
आज हामी रिलिजको हिसाबले पुरानो तर दर्शक श्रोताको माया र साथ हिसाबले नया रहिरहेको एउटा गीतको बारेमा कुरा गर्दैछौ | गीतको बोल छ “जति माया” | सेन्टिमेन्टल आधुनिक जनरामा तयार भएको यस गीतमा बिबेक लोप्चनको शब्द, टिका बोम्जनको संगीत र प्रदिप योन्जनको आवाज रहेको छ | गीतको अरेन्ज गर्ने काम भने पवन लामाले गरेका हुन् | प्रेम र त्यागको विषयमा केन्द्रीय रहेर निर्माण भएको यस गीतको शब्द संगीत पक्ष उत्कृष्ट देखिन्छ | गीतले प्राविधिक रुपमा त युटुबमा धेरै भिवर्स प्राप्त गरेको छैन | तर सरसर्ती हेर्ने हो भने बाहिरी रुपमा गीतले राम्रो मार्केट पाएको छ |

गीतले बाहिरी रुपमा पनि राम्रो मार्केट पाउनुको पछाडी भने गीत संग संगै गीतको भिडियोको पनि ठुलो हात रहेको छ | गीतको भिडियो पनि निकै नै राम्रो तयार भएको छ | गीतको शब्दको भाव संग मेल खाने हिसाबमा गीतको भिडियो तयार गरिएको हुनाले पनि सम्भवत भिडियोलाई धेरै दर्शकहरुले मनपराउनु भएको देखिन्छ | सागर लामाको छायांकन, दीपेन्द्र भट्टको सम्पादन र प्रदिप योन्जनको निर्देशनमा तयार भएको यस भिडियोमा मोडल पदम लामा, सिमा तामाङ र पवन थिङको अभिनय रहेको छ | यहि ३ जना कलाकारको बीचमा नै भिडियोको कन्सेप्ट घुमेको देखिन्छ | पाउनु मात्र होइन त्याग पनि माया हो भन्ने कुरा यसले संदेश दिएको छ |

यस भिडियोमा अभिनय गरेका पदम लामा जसले अभिनय क्षेत्रमा यात्रा सुरु गरेको धेरै लामो समय त भएको छैन तर पनि उनले निकै कम समयमा धेरै म्युजिक भिडियोमा काम गरिसकेका छन् | उनको अभिनय क्षेमताले नै उनलाई निकै अगाडी लगिरहेको छ | पछिल्लो समय पनि उनि म्युजिक भिडियोकै काममा अलिक बढी ब्यस्त रहेका छन् | मलेसियामा रहेका उनले त्यहिबाट नै यस क्षेत्रमा समय खर्चिरहेका छन् | यस भिडियोमा उनको अभिनयको धेरै दर्शकहरुले तारिफ पनि गरेको देखियो | आफ्नो लागि पनि यो भिडियो निकै मन भित्र रहेको उनको भनाई रहेको छ | अबको दिन दर्शकले आफ्नो नया राम्रो प्रस्तुति हेर्न पाउनु हुन विश्वास समेत उनले व्यक्त गरेका छन् | उनले आफुलाई माया र साथ दिनुहुन सबै दर्शकहरुलाई धन्यवाद समेत दिएका छन् |

हेर्नुस भिडियो :

Comments