फेरि बलिउडमै व्यस्त प्रियंका
screennepal
प्रकाशित: २०७५, २५ असार सोमबार
no img

अभिनेत्री प्रियंका चोपडा पुन बलिउड फिल्ममा व्यस्त हुन थालेकी छन् । केही समय हलिउडमा व्यस्त भएपछि प्रियंका बलिउड फर्केकी हुन् । प्रियंकाको बलिउड कम्ब्याक अभिनेता सलमान खानसँग हुँदैछ । बलिउडमा चर्चा गरिएअनुसार प्रियंका सलमानसँग फिल्म ‘भारत’मा देखिने भएकी छन् ।
बलिउडबाट दुई वर्ष ग्याप हुँदा उनी अमेरिकन टिभी ‘क्वान्टिको’का अलावा तीन हलिउड फिल्ममा काम भ्याइन् । उनले ‘बेवाच’, ‘इज इट रोमान्टिक’ र ‘अ किड लाइक जेक’जस्ता हलिउड फिल्ममा काम गरेकी छन् । तर, उनी स्न २०१६ मा रिलिज भएको ‘जय गंगाजल’पछि बलिउड फिल्ममा देखिएकी छैनन् । हाल आएर प्रियंका मुम्बईमै व्यस्त हुन थालेकी छन् ।
प्रियं्रकाले ‘भारत’पछि अर्को एक फिल्ममा पनि साइन गरेकी छन् । प्रियंकाले फिल्ममा साइन गरेको आफ्नो ट्विटर अकाउन्टमा उल्लेख गरेकी छन् । उनको ट्विट अनुसार प्रियंका शोनाली बोसको आगामी प्रोजेक्टमा काम गर्दैछिन् । प्रियंकाले एक फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी छन्, ‘एण्ड इट विइङ प्रे हिन्दी मूभी । हालको फिल्मको टाइटल ‘द स्काई इज पिंक’ हो । तर पछि त्यो टाइटल हुन पनि सक्छ र नहुनु पनि ।’ यो फिल्म अगस्ट २०१८ मा फ्लोरमा जाने बताइएको छ । उक्त फिल्ममा प्रियंकाका अलावा फरहान अख्तर पनि मुख्य भूमिकामा हुनेछन् ।
प्रियंकाले ‘भारत’मा यसअघि नै साइन गरेकी हुन् । फिल्म ‘भारत’लाई अलि अब्बास जफरले निर्देशन गर्दैछन् । उक्त फिल्ममा प्रियंका सलमान खानको अपोजिट भूमिकामा देखिनेछिन् । यसै फिल्मको सुटिङका लागि प्रियंका अमेरिकाबाट मुम्बई फर्केकी हुन् । यो फिल्म केही दिनमै फ्लोमा जाँदैछ ।

Comments