कला क्षेत्रको ३ विधामा बिबेक थिङ तामाङको प्रयास, सफल या असफल ?
screennepal
प्रकाशित: २०७५, २४ असार आईतवार
no img

स्क्रिननेपाल डटकम :
प्रवासमा बसेर नेपाली सांगीतिक क्षेत्रमा संगर्ष गर्ने धेरै व्यक्तिहरु रहेका छन् | त्यस मध्यको एक हुन् गायक बिबेक थिङ तामाङ | सांगीतिक क्षेत्रमा उनको नया प्रतिभाको रुपमा केहि समय अगाडी मात्र उदय भएको हो | आफ्नो पहिलो सेन्टिमेन्टल आधुनिक गीत रिलिज गर्दै उनले सांगीतिक क्षेत्रमा पाईला चालेका थिए | सार्वजनिक उनको मायाको तस्बिर बोलको गीतमा उनकै शब्द र अजय तामाङको संगीत समावेश रहेको छ | यस्तै गीतमा उनको स्वर समावेश छ | आधुनिक शैलीको यो गीतलाई दर्शक श्रोताले मन पराए | उनको पहिलो कदमको सम्मान भयो | गीत संग संगै उनको गीतको भिडियो पनि दर्शकहरुद्वारा रुचाईयो | अहिले उनि आफ्नो दोस्रो गीतको तयारीमा जुटिसकेका छन् | सम्भवत छिट्टै नै उनको दोस्रो नया गीत पनि रिलिज हुनेछ | सबैको हौसला र साथलाई लिएर उनि मेहेनत गर्दै अगाडी बढिरहेका छन् |

यो क्षेत्रमा सबैको संगर्षको कथा हुन्छ | त्यस्तै उनको पनि कथा रहेको छ जहाँबाट उनको सुरुवात भएको थियो | नेपालको सर्लाही जिल्लामा जन्मेका उनको बाल्यकाल त्यहि नै बित्यो | बाल्यकाल देखि नै उनि भित्र गीत संगीत प्रति लगाव रहेको थियो | तर आफु भित्रको प्रतिभालाई बाहिर लिएर आउन उनलाई केहि समय लाग्यो | युवा अवस्थामा आइसक्दा उनले आफु भित्रको कलालाई चिनिसकेका थिए | तर पारिवारिक माहोल र समय अवस्था ठिक नभएकोले उनि बाहिर खुल्न सकेनन | यत्ति सम्मकी समस्याको घेरामा पर्नाले उनले आफुलाई बाहिर निकाल्ने प्रयास समेत गर्न सकेनन | तर उनि भित्र जसरी पनि यहि क्षेत्रमा नै आफुलाई अगाडी ल्याउछु भन्ने मनमा विश्वास थियो | नेपालमा उनको प्रतिभा खुल्न सक्ने सम्भावना नदेखे पनि उनले नेपाल बाहिर जाने सोच राखे | हुन त त्यो उनको सोच भन्दा पनि एक किसिमले उनको बाध्यता पनि थियो | परिवार प्रतिको जिम्मेवारी र जीवन चलाउने बाध्यता सायद उनलाई पनि थियो साथमा आफ्नो संसारको एउटा छुट्टै परिकल्पना |

यहि कुरालाई मन भित्र संगालेर उनि मलेसिया उडे | नया ठाउँ नया वातावरण त्यस अवस्थामा आफुलाई मिश्रित गर्न केहि समय लाग्यो उनलाई | बिस्तारै परिवार प्रतिको जिम्मेवारी निभाउदै गए उनले जीवनको लागि धेरै कुरा गर्न भ्याई सकेका थिए उनले तर उनको बाल्यकाल देखिको सपना अझै पनि उनको मनमा ताजा थियो | त्यहाँ विदेशमा समेत उनले अवसर र मार्ग दर्शनको खोजि गरिरहेका थिए | अहिले कुरा गर्ने हो भने मलेसिया उनि बस्न थालेको ३ बर्ष बित्यो | तर उनि सांगीतिक क्षेत्रमा प्रवेश गरेको मात्र ९ महिना | यसो भन्दै गर्दा उनलाई यस क्षेत्रमा प्रवेश गर्न र तयारी गर्न समेत करिब २ बर्ष लाग्यो | हुन त यो २ बर्षको अन्तरालमा उनले धेरै कुराको ज्ञान समेत लिए | साधना गरेर मेहेनतको साथमा उनि अगाडी बढ्ने निधो गरे | साथीभाईको सहयोग र हौसला र सहि मार्ग दर्शनको कारण उनले नया बाटो प्राप्त गरे | तर उनि अहिले पनि सम्झिनछन् त्यो पल किन भने विदेशी भूमिमा रहेर गीत संगीतलाई समय दिन सक्नु सजिलो भने पक्कै पनि थिएन |

अरुलाई जस्तै अवश्य पनि उनलाई पनि यो गार्हो नै भएको थियो | तर उनले आफ्नो कामको समय र यस क्षेत्रमा समर्पित गर्नुपर्ने समयलाई व्यवस्थापन गरेर अगाडी बढे | इच्छा शक्ति भएपछि कुनै पनि काम गर्न सकिन्छ भन्ने गहकिलो उदहारण आज उनि बनेका छन् | उनले आफुले धेरै दुख कष्ट भोग्दै यस क्षेत्रमा संगर्ष गरेको अनुभव छ यसकारण उनि बेलाबखतमा नया प्रतिभाहरुलाई पनि प्रेरणा दिन गर्दछन् | यदि यो क्षेत्रमा लाग्ने व्यक्तिहरुको कुरा गर्ने हो भने धेरैलाई परिवारको साथ हुदैन | तर उनलाई भने परिवारको राम्रो साथ थियो | आमा बुवाको चाहना नै उनलाई गायकको रुपमा हेर्ने थियो जुन उनले आफ्नो मेहेनतले पुरा गरेर देखाए | हुन त उनको पहिलो प्राथमिकतामा गायन विधा नै पर्दछ तर उनले गायन संगै अभिनय यात्रा पनि सुरु गरेका छन् | उनले आफ्नो पहिलो गीतमा आफै नै अभिनय गरेका छन् | यस हिसाबले पनि हामी उनलाई बहुमुखी प्रतिभाको धनि व्यक्ति भन्न सक्छौ | गायन जस्तै अभिनय कलामा पनि खरो उत्रिएका छन् | भोलिको दिन उनको यस विधामा पनि राम्रो सम्भावना देखिएको छ |

यस्तै उनि गायक र मोडलको साथमा गीतकार पनि हुन् | यस अर्थ उनले एकसाथ ३ विधामा आफुलाई अगाडी बढाईरहेका छन् | भोलि दिन उनलाई संगीत विधामा पनि अगाडी बढ्ने चाहना छ | यसको लागि उनले अहिले देखि नै मेहेनत समेत गरिरहेका छन् | उनि आफुलाई आधुनिक जनरामा नै रमाउने मन रहेको बताउछन् | हुन त अरु जनराको गीत पनि गाउन रुची रहेको बताउने उनि मौका मिले नेपाली चलचित्रको गीतमा समेत स्वर दिने पछि नहट्ने उनको भनाई रहेको छ | भोलिको दिन नेपालमा आएर पनि नेपाली गीत संगीत क्षेत्रमा नै संगर्ष गर्ने र यसमा नै लागिपर्ने उनको धारणा छ | उनको आगामी यात्रा कस्तो रहने छ त्यो त समयले बताउने नै छ | तर अहिले भने उनले आफ्नो प्रस्तुति हेरेर आफ्नो कामको सहि मुल्यांकन गरी प्रतिक्रियाको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुनको लागि उनले सबै दर्शक श्रोता समक्ष अनुरोध समेत गरेका छन् |

हेर्नुस भिडियो :

Comments