विहेको तयारी गर्दैगर्दा मिथुनका छोरामाथि मुद्दैमुद्दा
screennepal
प्रकाशित: २०७५, २२ असार शुक्रबार
no img

बलिउड अभिनेता मिथुन चक्रवतीका छोरा मिमोह विवाह अगाडि पक्राउ पर्ने सम्भावना बढेको छ किनकि उनीमाथि पक्राउको आदेश भइसकेको छ । मिमोह आफ्नी गर्लफ्रेन्डसँग विवाह गर्ने तयारी गर्दैथिए ।
तर, विवाहको ठीक ५ दिन अगाडि मिमोहलाई दिल्ली अदालतले एफआईआरलाई पक्राउ गर्न आदेश दिएका थिए । जसमा दिल्ली अदालतले मिथुनकी पत्नी योगिता बाली र छोराविरुद्ध बलात्कार, धोखाधडी र सहमतिबिना गर्भपतनको आरोपमा त्यस्तो आदेश दिएको हो ।
एफआईआर मुद्दा परेको केही दिनपछि पीडित (जो मिमोहका गर्लफ्रेन्ड)का वकिलले दाबीअनुसार घटना हुनुभन्दा पहिले मिमोहले पीडितलाई नशालु औषधी खुवाएका थिए । अहिले आएर पीडितले पनि विवाह रोक्नका लागि मिमोह र उनकी आमा योगितालाई फक्राउ गर्न माग गरेकी छन् ।
भारतीय एक समाचार एजेन्सीका अनुसार पीडितको वकील रवि सोनीले भनेकी छन्, ‘दुवैजना पछिल्लो ४ वर्षयता नजिक थिए । मिमोहले पीडितलाई धोका दिए । र, उसले सेक्सुअल ह्यारेसमेन्ट गरे । मिमोहले नशालु औषधी खुवाएर उसले जबरर्जस्त ासम्बन्ध बनाए । त्यसपछि पनि मिमोहले विवाहको कुरा टार्दै आएका छन् । र, उसले आफ्नो गल्ती अस्वीकार गरेका छन् ।’
यता पीडित विवाह गर्न तयार छिन् । मिमोहको विवाह बारे सोनीले भनिन्, ‘केटी अहिले पनि विवाह गर्न चाहन्छिन् । तर, चक्रवर्ती परिवारले उनलाई स्वीकार्न तयार छै्रनन् । त्यसैले सम्भव भनेको पक्राउ गर्नुमात्र हो । उनी एक÷दुई दिनमै पक्राउ पर्नेछन् । मलाई थाहा भएअनुसार उसले मुम्बई अदालतमा एक निवेदन दिएका थिए । तर, त्यो निवेदन खारेज भएको थियो ।’

Comments