जाह्न्वीपछि अब खुशी पनि हिरोइन
screennepal
प्रकाशित: २०७५, २१ असार बिहीबार
no img

बलिउड अभिनेत्री श्रीदेवी दुनियाँमा छैनन् । तर, उनका दुई छोरीहरु बलिउडमा लगालग डेब्यु गर्दैछन् । दिवंगत श्रीदेवीकी छोरी जाह्न्वी कपूर चाँडै फिल्म ‘धडक’मार्फत बलिउडमा देखिँदैछिन् । जाह्नवीको बलिउड डेब्युको चर्चा भइरहेकै बेला खुशी कपुरको नाम अगाडि आएको छ ।
खुशी जाह्न्वकी बहिनी हुन् अर्थात श्रीदेवीकी कान्छी छोरी । खुशी पनि अब बलिउड फिल्ममा डेब्यु गर्ने सुर कस्दैछिन् । आफ्ना केही तस्बिरहरु सोशल मीडियामा सेयर गरेकी छन् । ती तस्बिर हेर्दा लाग्छ, उनी चाँडै फिल्ममा डेब्यु गर्दैछिन् । खुशीले आफ्नी बहिनीको बिषयमा जाह्न्वीले भनेकी छन्, ‘खुशीले बलिउडमा डेब्यु गर्न सक्छिन् । तर, त्यो कुरा मलाई भन्दा खुशीलाई नै सोध्न सोधेको राम्रो होला ।’

खुशी

भारतीय एक पत्रिकाले जाह्न्वीसँग कुराकानी गरेका छन् । जसमा जाह्न्वीलाई सोधिएको ‘खुशी कहिले बलिउडमा डेब्यु गर्दैछिन् ?’ । उक्त प्रश्नको जवाफमा उनले भनिन्, ‘यो प्रश्नको जवाफ खुशीले नै दिनेछिन् । मलाई लाग्छ, यो प्रश्न खुशीलाई सोधेको राम्रो हुनेछ । जाह्न्वी शाहिद कपूरको भाई इशान खट्टरका साथ फिल्म ‘धडक’मा मुख्य भूमिकामा देखिँदैछिन् । यो उनको डेब्यु फिल्मलाई शशांक खेतानले निर्देश्न गर्दैछन् ।
उक्त फिल्म यसै महिना अर्थात २६ जुलाईमा रिलिज हुँदैछ । यो फिल्म मराठी भाषामा बनेको सुपरहिट फिल्म ‘सैराट’को आधिकारिक हिन्दी रीमेक हो ।

Comments