नया प्रतिभाको लागि उल्लेखनीय उदहारण बने गायक बुद्ध लिम्बु, सांगीतिक क्षेत्रमा उनको फरक प्रयोग
screennepal
प्रकाशित: २०७५, २० असार बुधबार
no img

स्क्रिननेपाल डटकम :
विदेशमा बसेर नेपाली सांगीतिक क्षेत्रमा योगदान दिइरहेका धेरै व्यक्तिहरु आज हामी माझ रहेका छन् | सायद हामीले सुची तयार गर्यो भने ती व्यक्तिहरुको लामै सुची तयार हुन्छ | त्यहि सुची भित्रको एक नाम हो बुद्ध लिम्बु | यो नाम लिईरहँदा यो नामको अगाडी गायकको उपाधि राख्न जरुरी नै छ | किन भने सांगीतिक क्षेत्रमा उनको विधा नै यहि हो | उनि विदेशमा बसेर गायन विधामा आफुलाई अग्रसर पार्दै नेपाली गीत संगीतमा क्षेत्रमा अगाडी बढिरहेका छन् | उनको अहिले त्यति ठुलो परिचय पनि तयार भईसकेको छैन तर भोलिको दिन उनको बलियो परिचय निर्माण हुने संकेत पनि देखिसकेको छ | उनको प्रस्तुति क्षेमताले नै उनको अगाडिको दिन उज्ज्वल रहेको आभास गराउदछ | तर यो कुरा गरिरहँदा उनको सुरुवाती चरण कस्तो थियो उनको सुरुवात कसरी भएको थियो यो पनि चासोको विषय नै बनेको छ |

सामान्य परिवारमामा जन्मेर हुर्केका उनको बाल्यकाल देखि नै गीत संगीत प्रति एक किसिमको लगाव थियो | तर त्यसको बारेमा उनलाई ज्ञान भने थिएन | समय बित्दै जाँदा उनले गीत संगीतलाई आधार मानेर धेरै कुराको अनुभव गरे | पछिल्लो दिन उनले सम्झिदै गर्दा २०६७ साल तिर उनि गीत संगीतको नशामा चुर भएर केहि गर्ने जोश जाँगर बोकेर अगाडी बढिरहेका थिए | नेपालमा हुँदा त्यो बेला उनले धेरै सांगीतिक कार्यक्रममाहरुमा समेत आफ्नो सहभागिता जनाएका थिए | यस्तै पूर्वमा प्रख्यात त्यो बेलाको कार्यक्रम पुर्वान्चल स्टारमा समेत उनले भाग लिएका थिए जसबाट उनलाई धेरै मान्छेहरुले चिनेका पनि थिए | त्यो दिनहरुको संगर्षलाई पनि उनि आफ्नो जीवनको एक उपलब्धि नै मान्दछन् |

कोशिश गर्दा पनि तर त्यो बेला गीत संगीत क्षेत्रमा बाहिर आउन सक्नु उनको लागि सजिलो भने भएन | हाल उनि कामको शिलशिलाले मलेसियामा रहेका छन् | समयको अन्तराल संगै उनलाई मलेसिया पुग्नु पर्ने स्थिति आयो | धेरै कुरालाई मन भित्र सम्हालेर राखेर उनि मलेसिया पुगेका थिए | उनलाई सायद यो कुराको अनुमान पनि थिएन कि जहाँ उनि जादैछन् त्यहि उनको सपनको गन्तव्य सुरु हुनेछ | तर भनिन्छ नि जे हुन्छ राम्रैको लागि हुन्छ हो यहि कुरा बुद्ध लिम्बुको लागि लागु भयो | मलेसिया जानु उनको बाध्यता थियो | पारिवारिक समस्या र जीवन गुजाराको एक माध्यमको रुपमा उनको रोजाईमा मलेसिया परेको थियो | त्यहाको दुख उनलाई राम्रो संग थाहा थियो | यो सोच्दै गरे कहिँ कतै उनलाई अब आफ्नो गीत संगीत प्रतिको सपना अधुरो नै रहने डर पनि थियो | त्यहि डर र थोरै झिनो आशा लिएर उनि मलेसिया उडे | अहिले पनि हिसाब गर्ने हो भने मलेसिया उडेको उनको १ बर्ष भन्दा अलिक बढी नै बित्यो | मलेसिया जाँदा जे होला भनेर उनले सोचेका थिएनन् त्यहि नै भयो |

समय बित्दै जाँदा १ बर्षको अन्तरालमा उनले आफुलाई पूर्ण रुपमा संगीतमा डुबाउन सफल रहे | मलेसियामा पुगे पछि उनले सहि मार्ग दर्शन भेटे | साथीभाईको सरसहयोग र प्रेरणा उनको अगाडी बढ्ने शक्ति बन्यो | उनले आफ्नो तर्फबाट पनि पूर्ण प्रयास गरे | सायद यहि कुराको समायोजन भएर नै होला उनि सफल रुपले अगाडी बढ्न सके | उनको सांगीतिक लामो समय सम्म निरन्तर चलिरहने उनले बताएका छन् | उनि भित्र अरु पनि प्रतिभाको बास छ त्यस मध्यको एक संगीत विधा पनि हो | उनि गायन पछि संगीत विधामा पनि प्रवेश गर्ने सोचमा छन् सम्भवत छिट्टै नै यो उनको सोच पनि पुरा हुन सक्ने अनुमान लगाउन सकिन्छ | भोलिको दिन उनको थुप्रै फरक प्रस्तुति दर्शक श्रोताले हेर्ने पाउने निश्चित छ |

केहि समय अगाडी मात्र उनले “कसम भुली तिमीले” अफिसियल पहिलो गीत रिलिज गर्दै नेपाली सांगीतिक क्षेत्रमा पाईला राखे | बिनोद क्षेत्रीको शब्द र प्रकाश प्रतिक्षा कान्छाको संगीत समावेश रहेको गीतमा गायक बुद्ध लिम्बुले आफ्नो सुमधुर स्वर भरे | यस गीतबाट नै उनको सुरुवात भयो | उनको पहिलो गीतबाट नै उनको फरक परिचय निर्माण हुने संकेत देखियो | दर्शकहरुले उनको प्रतिभाको कदर गरे | सायद यहि कारण होला उनि अहिले आफ्नो दोस्रो गीतको तयारीमा जुटिसकेका छन् | उनको सुमधुर स्वरको छुट्टै किसिमले प्रशंसा भयो | यसलाई उनले सहि ढंगले आत्मसाथ पनि गरे | अबको दिन उनले कति मेहेनत र संगर्ष गर्नुपर्ने हुन्छ त्यसको आभास समेत उनलाई छ | उनको गीत संगै भिडियोले पनि राम्रो प्रतिक्रिया प्राप्त गर्यो | उनको पछिल्लो समयको नतिजा राखिरहँदा उनको सुरुवातको कुरा गर्नुपर्ने देखिन्छ |

आगामी दिनको योजना खोल्दै गर्दा उनको मन भित्रको चाहना भने नेपालमै बसेर नेपाली गीत संगीतमा योगदान दिने रहेको छ | उनको सांगीतिक क्षेत्र प्रतिको लगाव र मेहेनत संग संगै पहिलो प्रस्तुति सहितको पाईला यो सबै कुरा गर्दै गर्दा भोलि दिन उनको कस्तो रहने छ यो पनि चर्चाको विषय नै छ | आगामी दिनको बारेमा बोल्दै उनले आफ्नो नया नया गीत तयारी अवस्थामा रहेको उनले बताए | उनको तर्क यहि नै थियो कि भोलिको दिनहरुमा अब सांगीतिक क्षेत्रमा नै आफुलाई समर्पित गर्ने हो | उनको यो भनाई सत्यताको साथमा एउटा उर्जाशील जोश र जाँगर पनि रहेको छ | विश्वास गरौ यसले पक्कै पनि केहि नया परिणाम नै दिने छ | उनले दिएको जानकारी अनुसार उनको नया गीत अहिले भने केहि फरक छ | अहिले भित्री काम भईरहेको उनले जानकारी दिएका छन् त्यस बाहेक भने उनले कुनै कुरा खोलेका छैनन् |

तर आफ्नो दोस्रो गीतबाट भने अवश्य पनि दर्शक श्रोता अझ बढी खुशी हुने आशा उनले लिएका छन् | भोलिको दिनमा उनलाई नेपाली चलचित्र क्षेत्रमा समेत स्वर संगीत दिने चाहना छ तर उनको यो चाहना कहिले पुरा हुने हो त्यो त समयले नै बताउने छ तर उनको मेहेनत भने अब अझ बढी चाहिने देखिएको छ | आगामी दिन उनले आफ्नो प्रस्तुतिबाट कति दर्शक श्रोताको मन रिझाउन सक्ने हो त्यो त समयले नै बताउने छ | तर अहिले भने उनले सबै देशमा तथा विदेशमा रहनु भएका नेपाली दर्शक श्रोताहरुलाई आफ्नो पहिलो प्रस्तुति हेरेर सुनेर सहि मुल्यांकन गरी सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन अनुरोध गरेका छन् |

हेर्नुस भिडियो :

Comments