भीमसेनले ल्याए ‘हे कान्छी’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २० असार बुधबार
no img

गायक भीमसेन टी लामाको नयाँ गीत कान्छी सार्वजनिक भएको छ । मिलाप मासिकको आयोजनामा राजधानीमा मंगलबार भएको कार्यक्रममा भीमसेनको ‘हे कान्छी गीत सार्वजनिक गरिएको हो ।
नेपालको पहिलो टेम्पो चालक, व्यवसायी तथा साहित्यकार लक्ष्मी शर्माको प्रमुख आतिथ्यतामा ‘हे कान्छी…’ सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा वरिष्ठ लोक गायक कुमार वस्नेत, वरिष्ठ कलाकार उत्तम केसी, भकारी एमडीसीका प्रमुख तथा गीतकार बसन्त वित्यासी थापा, मिलापका कृष्ण भुसाल, निर्देशक संजय पाण्डे, काठमाडौं महानगर पालीका वडा नं. ३का वडा अध्यक्ष दीपक केसी लगायतले भीमसेन टी लामालाई बधाई तथा शुभकामना दिएका थिए ।


विकाश सिल्वालको शब्द र सङ्गीत रहेको ‘हे कान्छी…’को भिडियोलाई संजय पाण्डेले निर्देशन गरेका हुन् । भिडियोमा पूणिमा लामा, दोर्जे लामा र एलीना गुरुङलाई फिचरिङ गरिएको छ । विकाश भुजेलको एरेञ्ज, दिनेशजंग राणाले सम्पादन गरेको गीतको भिडियोलाई भकारी एमडीसीले बजारमा ल्याएको हो ।
कार्यक्रममा गायक शिशिर योगी, सङ्गीतकार रामजी नेपाली, गीतकार सुरेन्द्र राना, साहित्यकार नरप्रसाद धिताल, बरिष्ठ छायाँकार प्रकाश मास्के, दीर्घ गुरुङ, सडकपेटी हरियाली अभियन्ता केपी पौडेललगायतका व्यक्तित्वहरु र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
भीमसेन टी लामाले २५ वर्षअघि २५ वटा गीत गाएका थिए । त्यसपछि उनको विश्राम लाग्यो । गायन क्षेत्रबाट उनी टाढिएपछि उनको करिअरको सुरुवात चलचित्र क्षेत्रतर्फ गयो । उनले खेलेको पहिलो चलचित्र सीमारेखा थियो । जुन चलचित्र २०५३ सालमा निर्माण भएको थियो । गीत रेकर्डिङकै सिलसिलामा चलचित्रको अफर आएको लामाले बताए ।

‘मुसुक्क हाँसी दिंदा ज्यानै लुट्यो’, ‘एउटी सुन्दरी म माथि मर्छे’ र पहिलो भेटमै भयो हाम्रो चिनारी’ बोलको गीत भीमसेनका त्यतिबेलाका चर्चित गीत थियो । उनका गीतहरु त्यतिबेला रेडियो नेपालबाट खुब बज्ने गरेको उनी बताउँछन् । आधुनिक र लोक पप गीत गाउन रुचाउने लामा पछिल्लो समय युवा पुस्ताहरुका लागि पनि मन पर्ने गीत लिएर आउने तयारीमा रहेको बताए । ‘गएको वर्ष रेडियो नेपालबाट विशिष्ठ गायकको सम्मान पाएको थिए, उक्त सम्मान मिलेपछि गीत गाउन उर्जा थपिएकोले आफू अब गायन क्षेत्रलाई निरन्तरता दिन लागेको हुँ’ भीमसेनले भने ।‘ कार्यक्रमको सहजिकरण मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले गरेकी थिइन ।

 

Comments