सञ्चिताले शुभारम्भ गरिन् ‘एग्रो रिसोर्ट’
screennepal
प्रकाशित: २०७५, १८ असार सोमबार
no img

अभिनेत्री सञ्चिता लुईंटेलले धादिङको नौबिसेस्थित ‘नौविसे एग्रो रिसोर्ट’को एक समारोहबिच शुभारम्भ गरेकी छन् । सो रिसोर्टको सञ्चितासँगै धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य पनि उद्घाटनमा थिए । लुईंटेल र मेयर आचार्यले रिवन काटेर रिसोर्टको औपचारिक शुभारम्भ गरेका हुन् ।
काठमाडौंबाट गएका अतिथिका साथ स्थानीय होटल व्यवसायी तथा राजनीतिज्ञका बिचमा आयोजित रिसोर्टको शुभारम्भ कार्यक्रममा बोल्दै अभिनेत्री लुईंटेलले अहिलेको समयमा अग्र्यानिक वस्तु र परिकारको सुविधाका साथ रिसोर्ट सञ्चालनमा ल्याइएकोमा खुसी व्यक्त गर्दै रिसोर्टमा स्थानीयलाई रोजगारी दिनुपर्नेमा जोड दिइन् ।


त्यस्तै, मेयर आचार्यले विविधताले भरिएको धादिङमा अग्र्यानिक सेवा र सुविधाका साथ यस किसिमको रिसोर्ट सञ्चालनमा ल्याइनु सुखद् पक्ष भएको चर्चा बताए । उनले स्थानीय क्षेत्रलाई प्रोत्साहित गर्न नगरपालिकाले रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउनु अघि नै नगरपालिकाका विभिन्न कार्यक्रम आयोजना गरिएको बताए । धादिङलाई पर्यटनको आकर्षक केन्द्र बनाउन सकिनेमा जोड दिँदै उनले यस्ता रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने तथा धुनिवेसी नगरपालिका सहकार्य गरेर अगाडि बढ्न तयार भएको बताए ।
कार्यक्रममा धुनिवेसी कांग्रेस सभापति दिपेन्द्र पाठकले रिसोर्ट सञ्चालनसँगै उद्योग, कलकारखाना तथा होटललाई हरेक तह र तप्काबाट साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । त्यस्तै, होटल व्यवसायी महासंघका केन्द्रिय सल्लाहकार लिलाप्रसाद ढकालले नौबिसे क्षेत्रमा पहिलोपटक स्तरिय रिसोर्ट सञ्चालनमा आएको बताए । रिसोर्टका अध्यक्ष तथा कार्यक्रमका सभापति खीमानन्द बस्यालले नौबिसेलाई पर्यटकीय हब बनाउने सोचले रिसोर्ट सञ्चालनमा ल्याइएको बताए ।
रिसोर्टका निर्देशक बालकृष्ण पोखरेलले काठमाडौंको कोलाहलबाट मुक्त भइ शान्त र मनोरम परिवेशमा रम्न चाहनेहरुका लागि धुनिवेसीमा यो रिसोर्ट सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार रिसोर्टमा केही समयपछि नै त्यहीँ फलेका अग्र्यानिक फलफुलका साथ सागलगायतका तरकारीदेखि लिएर गाईभैंसीका दुधसम्म सेवन गर्न पाइनेछ ।

 

Comments