मलेसियामा शान्तिको मायामा शम्भु एकोहोरो, डोलीमा चडाई घर लैजाने तयारी गर्दै शम्भु
screennepal
प्रकाशित: २०७५, १६ असार शनिबार
no img

स्क्रिननेपाल डटकम :
मलेसियामा मोडल शम्भु मोक्तान तामाङ शान्ति बान्तवा राईको पछि पछि लागिरहेका छन् | यो सुन्दा केहि फरक लाग्न सक्छ तर यो सत्य हो दर्शकबिन तर एउटा गीतको भिडियोमा | केहि दिन अगाडी मात्र रिलिज भएको “दोलखा फेल्दा” बोलको तामाङ सेलो गीतको भिडियोमा यो दृश्य हेर्न सकिन्छ | भिडियोमा मोडल शम्भु मोक्तान तामाङ र शान्ति बान्तवा राईको प्रेम र रोमान्स मजाले देख्न सकिन्छ | सार्वजनिक भएको यस गीतमा स्मृति पाख्रिनको शब्द, बिशाल काल्तनको संगीत र सुदिप तामाङको स्वर समावेश रहेको छ | यस्तै गीतको अरेन्ज गर्ने काम भने दिपेश प्रधानले गरेका हुन् | गीतको शब्द संगीत निकै राम्रो देखिन्छ | २ दिन अगाडी मात्र रिलिज भएको यस गीतले यति बेला युटुबमा दर्शकहरुको राम्रो साथ पाईरहेको छ भने प्रतिक्रिया पनि उत्तिकै राम्रो नै प्राप्त गरिरहेको छ | गीत आफैमा पनि सुन्दर छ जसले सुन्ने र हेर्ने बित्तिकै सबैलाई मनोरंजन समेत दिन्छ |

कोष बोम्जनको छायांकन, बिक्रम लामा(मोक्तान) को सम्पादन र मोडल शम्भु मोक्तान तामाङकै निर्देशनमा यस गीतको यो भिडियो तयार भएको हो | यसबाट सजिलै बुझ्न सकिन्छ कि उनि निर्देशन र अभिनय विधामा संग संगै अगाडी बढिरहेका छन् | उनको दुवै विधामा हरेक पाईला सफल पनि भईरहेको छ | शम्भुको यस अगाडी रिलिज भएको “चोट लाग्यो” बोलको भिडियोले पनि राम्रो दर्शकहरुको साथ पायो भने शम्भुले पनि आफ्नो अभिनय प्रति राम्रो सुझाब प्राप्त गरे | दर्शकहरुको सुझाब लिएर अगाडी बढिरहेको बताउने उनि पछिल्लो समय निकै मेहेनतको साथमा नेपाली कला क्षेत्रमा अगाडी बढेको देखिन्छ | उनि आफु नया नया प्रस्तुति दर्शकहरु माझ पेश गर्नको लागि निकै तत्पर भएर लागिरहेको बताए | उनको अनुसार अब छिट्टै नै उनको अर्को नया भिडियो पनि रिलिजको तयारीमा रहेको छ |

उनले आफुलाई नेपाली कला क्षेत्रमा सबै हिसाबले आबद्ध गराएका छन् | मलेसिया जस्तो विदेशी भूमिमा रहँदा समेत उनले आफ्नो कलालाई दर्शकहरु माझ प्रस्तुत गरिनै रहेका छन् | यस्तै उनले विदेशमा नेपाली संस्कृतिको जगेर्ना गर्ने काममा पनि आफुलाई अगाडी लिएर आएका छन् | मलेसियामा हुने अधिकांश सांस्कृतिक कार्यक्रमहरुमा उनको उपस्थिति रहने गर्दछ | यस्तै उनले नया प्रतिभालाई प्रोत्साहन दिने काम समेत गरिरहेका छन् | उनि आफु पनि धेरै नया प्रतिभाको लागि उदहारण पात्र बनेको पनि देखिएको छ | तामाङ चलचित्रमा कुशल अभिनय गरे पश्च्यात यस नेपाली म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरेका उनि फेरी पनि तामाङ चलचित्रमा अभिनय गर्ने रहस्य खुलेको छ | तर यस विषयमा भने उनले कुनै तर्फ राखेका छैनन् | भोलि दिनमा चलचित्रमा काम गर्न सक्ने भन्ने संकेत भने उनले दिएका छन् | आगामी दिन उनको कस्तो कस्तो प्रस्तुति हेर्न पाइने हो त्यो त समयले नै बताउने छ तर अहिले भने उनि धेरै दर्शकहरुको आँखामा नै बसेका छन् |

हेर्नुस भिडियो :

Comments