दुलही बन्दा यस्तो देखिइन् शिल्पा !
screennepal
प्रकाशित: २०७५, १५ असार शुक्रबार
no img

असार २९ गतेबाट रिलिज हुने फिल्म वीराङ्गनामा अनुपविक्रम शाही र शिल्पा पोखरेलको मूख्य भुमिका रहेको छ । यी दुवै शसस्त्र प्रहरीको भुमिकामा छन् । तर, फिल्मभित्र यी दुई विवाह बन्धनमा बाँधिएको फोटो फिल्म निर्माण टिमले सार्वजनिक गरेका छन् । उनीहरुको यो फोटो पहिलोपटक सार्वजनिक गरिएको हो ।
हालै फिल्मका निर्माण टिमले नायक अनुपविक्रम शाही सुटिङमै व्यस्त भएको र फिल्मको प्रमोशनमा साथ नदिएको भन्दै प्रचारलाई सहयोग हुने गरि फिल्म भित्रको मूख्य सिनको केही फोटो सार्वजनिक गरिएको छ ।


फिल्म भित्र नायिका शिल्पा पोखरेल र अनुपविक्रम शाही विवाह बन्धनमा बाँधिएकी छन् । महिला शसस्त्र प्रहरीको विरतामा आधारित फिल्म ‘वीराङ्गना’ लभस्टोरी एक्शन जनरामा निर्माण गरिएको फिल्म हो । महिला शसस्त्र शिल्पासँग अनुपको मिलनपछि विवाहको सिन राखिएको जनाइएको छ । उक्त सिन फिल्मको मूख्य पार्ट भएको बुझिएको छ ।
फिल्ममा मूख्य भूमिकामा कलाकारहरु शिल्पा पोखरेल, अनुपविक्रम शाही, पृथ्वीराज प्रसाई, प्रज्वल गिरी, सुशील पोखरेल, धु्रव कोइराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा, अमृत सापकोटा लगायत छन् ।
राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘वीराङ्गना’ फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् ।
फिल्ममा दिपकशर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्धन्द निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायाँकन रहेको छ ।

Comments