पोखरामा पहिलोपटक ‘फेशन अवार्ड’ हुँदै
screennepal
प्रकाशित: २०७५, १३ असार बुधबार
no img

‘फेशन अवार्ड’ अब नेपालमा पनि हुने भएको छ । यस्ता अवार्ड प्राय विकसित देशहरुमा हुुने गर्छ । तर, पोखरामा पहिलोपटक फेसन अवार्ड हुन लागेको हो ।
ट्रे«नर नेपालको आयोजना तथा इभेन्ट्स फर यु र डिजाइनर्स क्लवको सहकार्यमा यही २८ देखि ३० असारसम्म पोखरा प्रदर्शनी केन्द्रमा ‘फेसन अवार्ड’ हुने भएको छ ।
फेशन क्षेत्रका नयाँलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्न कार्यक्रम फलदायी हुने कार्यक्रमका संयोजक रविन गुरुङले बताए । उनका अनुसार फेशन अर्वाडमा उत्कृष्ट फेशन डिजाइनर, उत्कृष्ट बुटिक, उत्कृष्ट कलेक्शन, उत्कृष्ट फेसन, कोरियोग्राफर, उत्कृष्ट कार्यक्रमलगायत विभिन्न ३५ विद्यामा अवार्ड वितरण गरिने जनाइएको छ ।
कार्यक्रममा लोकप्रिय थुप्रै कलाकार र देशभरका फेशन डिजाइनरहरुको सहभागिता रहनेछ । ‘फेशन अवार्ड नेपाल’सँगै ‘पोखरा फेशन विक’को दोस्रो संस्करण पनि हुन लागेको छ । ‘फेशन अवार्ड’ र ‘फेशन विक’सँगै हुँदा कार्यक्रम ‘फेशन क्षेत्रको महाकुम्भमा परिणत हुने’ कार्यक्रम संयोजक गुरुङले बताए । उनले भने, ‘यसले फेशन क्षेत्रमा नयाँ तरंग ल्याउने छ ।’ पोखरा फेशन विकका लागि समर स्प्रिङ, फ्ल्यास ब्याक, लै बरी लै (तिज), हलिउड, बलिउड जस्ता थिमहरुसँगै बुटिकहरुका क्रियशन प्रस्तुत गरिने सह–संयोजक विशाल गुरुङले बताए ।
कार्यक्रममा फेशन स्कूल पोखरा, डिजाइनर्स क्लव, सेन्टल फेशन हब हेटौडा, आइएफसी चितवन, नेपाल इन्ष्टिच्युट अफ फेशन काठमाडौंलगायत देशभरीका डिजाइनर सहभागी भएका छन् । ‘पोखरा फेशन विक’को कोरियोग्राफी कोरियोग्राफर तथा सञ्चारकर्मी जयनसुब्बा मानन्धरले गर्दैछिन् ।

 

Comments