कल्पना संग मलेसियाको रमणीय वातावरणमा माया साट्दै हिरोजन, सार्वजनिक भयो ताजा तस्बिर
screennepal
प्रकाशित: २०७५, १० असार आईतवार
no img

स्क्रिननेपाल डटकम :
आफ्नो पहिलो म्युजिक भिडियोबाट नै आफ्नो कुशल अभिनय क्षेमताले दर्शकहरुको मन जितेका मोडल हिरोजन तुम्बाहाम्फे सुब्बाको दोस्रो नया म्युजिक भिडियो अब रिलिजको तयारीमा रहेको छ | उनको अभिनय रहेको रोमान्टिक शैलीको “यस्तो एउटा संसार” बोलको गीतको भिडियोको छायांकन केहि दिन अगाडी मात्र मलेसियामा सकिएको हो | मलेसियाको रमणीय वातावरणमा छायांकन गरिएको यस भिडियोको केहि तस्बिरहरु सार्वजनिक भएको छ | सार्वजनिक तस्बिरबाट नै यो गीत रोमान्टिक शैलीमा निर्माण भएको देखिन्छ | भिडियोमा हिरोजन र कल्पनाको केमेस्ट्री पनि निकै मिलेको अनि सुहाएको देखिन्छ | सार्वजनिक तस्बिरमा मोडल हिरोजन र कल्पना गुरुङको रोमान्स छर्लङ्गै देखिन्छ | मन्जरी थिएटर ग्रुपको प्रस्तुति रहेको यस गीतको भिडियोमा फुर्बा दोर्जे मोक्तानको छायांकन र अमिर माबोको निर्देशन रहेको छ |

त्यस्तै यस गीतमा भने जानु कामबाङ लिंग्देनको शब्द, गंगा राज राईको संगीत र सुनिता थेगिम र गंगा राज राईकै सुमधुर स्वर समावेश रहेको छ | गीतको अरेन्ज भने उदय राज पौडेलले गरेका हुन् | रोमान्टिक शैलीको यस गीतको भिडियो सबैले निकै मेहेनत गरेको मोडल हिरोजन तुम्बाहाम्फे सुब्बाको भनाई रहेको छ | सार्वजनिक तस्बिरहरुलाई आधार मान्ने हो भने भिडियोमा हिरोजन र कल्पनाको जोडी निकै सुहाएको छ | त्यस्तै यी २ कलाकारको अभिनय पनि भिडियोको मुख्य पक्ष रहेको देखिन्छ | गीत संग संगै बगेर नै यी २ ले अभिनय गरेको देखिन्छ | भिडियोको यति बेला धमाधम सम्पादन कार्य भईरहेको छ | मोडल हिरोजन सुब्बाको अनुसार अबको केहि समयमा नै यस म्युजिक भिडियोलाई रिलिज गरिने छ |

हाल हिरोजन नेपालमा होइन मलेसियामा बसेर नै उनले नेपाली कला क्षेत्रमा यो सबै काम गरिरहेका छन् | ब्यस्त जीवनको बाबजुत पनि उनले यस क्षेत्रमा आफ्नो समय खर्चिरहेका छन् | सुन्दा र हेर्दा आफैमा पनि चुनौतीपूर्ण लाग्ने यो कुरा उनले भने सत्यतामा नै परिणत गरेर देखाए | उनको यस्तो प्रयास र मेहेनतले धेरै अरु व्यक्तिहरुलाई पनि प्रेरणा पुगेको छ | उनि अरुको लागि एक उदहारणको पात्र समेत बनेको देखिन्छ | उनले मलेसियामा नै रहेका थुप्रै नव प्रतिभाहरुलाई साथ र सहयोग दिनुको साथै उनीहरुलाई सहि मार्ग दर्शन समेत दिइरहेका छन् | मलेसियामा आयोजना हुने अधिकांश सांस्कृतिक कार्यक्रममा समेत उनको उल्लेखनीय भूमिका रहने गरेको छ | नेपाली कला संस्कृतिको उनले विदेशमा जगेर्ना गर्दै आईरहेका छन् | उनको नया म्युजिक भिडियो अब छिट्टै नै रिलिज हुने उनले जानकारी दिएका छन् | छायांकन समाप्त हुन साथै यति बेला भने भिडियोको धमाधम सम्पादन कार्य भईरहेको छ |

आफ्नो पहिलो भिडियो भन्दा दोस्रो म्युजिक भिडियोमा फरक गर्ने प्रयास गरेको र आफ्नो अभिनयमा पनि निखार लिएर आउने प्रयास गरेको उनले बताएका छन् | उनको दोस्रो म्युजिक भिडियो के कस्तो रहने हो र दर्शकहरुले कत्तिको साथ दिने हो त्यो त समयले बताउने नै छ | तर आफ्नो तर्फबाट भने आफुले सधैव धेरै नै प्रयास गर्ने गरेको र यो प्रयासलाई कहिले नछोड्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् | यस्तै उनले आफ्नो प्रस्तुति हेरेर सहि ढंगले मुल्यांकन गरेर सल्लहा सुझाब र प्रतिक्रिया दिनुहुनको लागि आग्रह समेत गरेका छन् | उनले पछिल्लो समय गर्दै आएको कामले नेपाली कला क्षेत्रलाई ठुलो बढावा पुगेको छ | उनको यस किसिमको योगदानको कदर सहि तरिकाले हुन जरुरी पनि देखिन्छ तर यसको लेखाजोखा गर्ने काम भने दर्शकहरुको हातमा छ |

Comments