दोस्रो आदिवासी जनजाती चलचित्र महोत्सव हुँदै
screennepal
प्रकाशित: २०७५, १० असार आईतवार
no img

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०७५’ हुने भएको छ । महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो ।
महोत्सव १५, १६ र १७ असारमा राजधानीमा हुनेछ ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष अमृत सुनुवार आदिवासी चलचित्र र चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न महोत्सवको आयोजना गरेको बताए । उनले भने, ‘नेपालको सांस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन बिकास गर्दै मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउने विश्वासका साथ महासंघले तीन दिबसीय आदिबासी जनजाति चललिचत्र मोहत्सब कार्यक्रमको आयोजना गर्न लागेको हो ।’
२०४४ सालमा नेवारी भाषाको चलचित्र ‘शिलु’ निर्माण भएदेखि ६०० सयभन्दा बढी आदिबासी चलचित्र निर्माण भइसकेका छन् । तर, नितिगत समस्याका कारण सोचेअनुरुप आदिवासी जनजाति चलचित्रको बिकास हुन नसकेको उनले बताए ।
यस महोत्सवमा आदिवासी जानजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिनुका साथै आदिबासी जनजाति चलचित्रको बस्तुगत अबस्थाको बारेमा जानकारी दिइने जनाइएको छ । साथै, महोत्सवमा बिभिन्न आदिबासी जनजाति समुदायको परम्परागत खानाको स्टल, आदिबासी जनजाति समुदायका मौलिक भेषभुषालगायतको स्टलहरु रहने जनाइएको छ ।
महोत्सवमा जातिय संस्थाबाट छनोट भइ सहभागिता जनाउने सबै चलचित्रलाई प्रोत्साहनस्वरुप प्रति चलचित्र ५ हजारका दरले नगद प्रदान गरिने जनाइएको छ भने दर्शकबाट छनोट भएको चलचित्रलाई ‘पब्लिक च्वाइज अवार्ड’ प्रदान गरिनेछ । जसमा २५ हजार नगद र ट्रफी रहेको छ ।
महोत्सवमा मैरिमो (गुरुङ), लदी पुजा (माझी), टिन्छेन फमा (शेर्पा), दुलारी (राजबंशी), ढ्वाङकुम (राई), गो सु नङा (सुनुवार), टुटल जिन्गी (थारु), पा (गुरुङ), मन्दरा (थारु) र रैयाँ (मगर) भाषाका चलचित्र देखाइँदैछ ।
त्यस्तै, मायासे लासी–३ (तमाङ), कमल पोखरी (नेवार), तापलय (नेवार), र तमसुक (मगर) भाषाका चलचित्र पनि महोत्सवमा स्क्रिनिङ गरिँदैछ ।

 

Comments