पाठेघरको क्यान्सरपीडित राईलाई हङकङबाट आर्थिक सहयोग | Screennepal

पाठेघरको क्यान्सरपीडित राईलाई हङकङबाट आर्थिक सहयोग

पाठेघरको क्यान्सरबाट पीडित पुर्णिमाया राईको उपचार खर्चमा राहत पु¥याउन हङकङमा बस्दै आएका सहयोगी मनहरुले आर्थिक सहयोग गरेका छन् ।
मोरङको पथरी शनिश्चरेकी ५५ वर्षीया क्यान्सरपीडित राईलाई ‘मोरङ कुशे शनिश्चरे हङकङ समाज’को पहलमा संकलित ३ लाख ७० हजार रुपैयाँ आइतबार उनकै निवासमा प्रदान गरिएको छ । सो रकम शनिश्चरकै मिनप्रसाद लिम्बूले विमारी र उनका पति नरबहादुर राईलाई हस्तान्तरण गरेका छन् ।
करिब १७ महिनायता पाठेघरको क्यान्सरबाट पीडित राई हाल भक्तपुरको नालास्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारत छिन् । आर्थिक अभावका कारण उपचारका समयमा उपचार गर्न नसकेको थाहा पाएपछि हङकङमा बस्दै आएका युवराज लिम्बू ‘अमर’, रविन लिम्बू, योगराज लिम्बू, विजय लिम्बू, सन्त लिम्बू, बिजु लिम्बूलगायतले पीडित राईका लागि रकम संकलन गरेका थिए । क्यान्सरपीडित राईको उपचारका लागि रकम संकलनमा बिजु लिम्बूको विशेष योगदान रहेको बताइएको छ ।
विभिन्न काम तथा रोजगारीको सिलसिलामा हङकङमा रहेका नेपाली दाजुभाईले उपचार खर्चका लागि आर्थिक सहयोग गरेकामा विमारी पुर्णिमाया राई खुसी व्यक्त गरिन् । उनले सहयोगी मनहरुलाई धन्यवाद दिँदै भनिन्, ‘यहाँको सहयोगले नयाँ जीवन पाउने आशा गरेकी छु ।’ करिब १७ महिनाको अवधिका उपचारकै क्रममा ५ लाख भन्दा बढी खर्च भइसकेको पनि उनले बताइन् ।

 



loading...

Facebook Comment