नेपाल र भारतका ६ नाटक मञ्चन हुँदै
screennepal
प्रकाशित: २०७५, ९ असार शनिबार
no img

राजधानीमा शुक्रबारबाट ज्योतिरीश्वर रंग उत्सव–२०७५ सुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौंको बत्तिस पुतली स्थित शिल्पी थिएटरमा यो उत्सब सुरु भएको हो । उत्सबमा यसपटक नेपाल र भारतका ६ ओटा नाटक छन् ।
यो उत्सबको उद्घाटन संस्कृति मन्त्री रबिन्द्र अधिकारीले गरे । उनले कार्यक्रममा तीन ओटा प्रज्ञा प्रतिष्ठानलाई एउटै बनाउने योजना तत्काल नरहेको बताएका छन् ।संस्कृति मन्त्री अधिकारीले तीन ओटा प्रतिष्ठानलाई गाभेर एउटै बनाउनु पर्ने पक्षमा आफु नरहेको जिकिर गरे ।


मन्त्री अधिकारीले आफु नाटक प्रेमी भएको र नेपालमा नाटकसम्बन्धि कामहरु अझै निकै कम भएको बताए । नेपाल र भारत दुई देश सहभागी यो नाटक उत्सबले युवा पुस्तामा पनि नाटकप्रति आकर्षण जगाउने बताए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले नाटक मार्फत नेपाल र भारतको अन्तर सीमा संस्कृति विस्तारका लागि यो नाटक उत्बस आयोजना गरिएको बताए ।
तीन दिनसम्म चल्ने यो नाटक उत्सबका संयोजक एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेश रञ्जान झाले १३०५ सालमै सिमरौनगढका नाटककार ज्योतिरीश्वर ठाकुरले लेखेको नाटकको पाण्डुलिपी अहिले पनि हामीसँग सुरक्षित भएको बताए । त्यही नाटक उत्सबमा मञ्चन गरिने भएकाले उत्सबको नाम ज्योतिरीश्वर उँग उत्सब राखिएको बताए ।
उत्बसको पहिलो दिन शुक्रबार दुई ओटा नाटक मञ्चन गरियो । उत्सबको उद्घाटन सत्रमा सांस्कृतिक संस्थानको प्रस्तुति रहेको नाटक ‘भृ’ मञ्चन गरियो । नेपालकी राजकुमारी भृकुटीले तिब्बतका राजासँग विवाह गरेपछि उनी नेपाल नफर्किएको र हराएको भन्ने कथनमा यो नाटक केन्द्रित थियो । त्यतिबेलाका कालखण्डलाई झल्काउने यो नाटकको निर्देशन बीरेन्द्र हमालले गरेका हुन् ।
नाटकमा गोरन चौधरी, आकाश त्रुकछाकी, शुशिला थापा, मायाँ थापा, गीता राई, लोकेन्द्र लेखक, लक्ष्मी तामाङ, मदन थापा, मीलन नेपाली, गीता थापा, संगीत लिम्बु र तिलक सुनुवारको अभिनय थियो ।
शुक्रबार नै बेलुकाको शोमा नाटक धूर्तसमागम मञ्चन गरियो । ७ सय वर्ष पुरानो यो नाटकलाई मैथिली भाषामा मेरोरँग रेपर्टरी (मैथिली लोक रँग) दिल्लीले मञ्चन ग¥यो । नेपालको सिमरौनगढका राजा हरिसिंहदेबका दरबारका रत्न मानिने ज्योतिरीश्वर ठाकुरले यो नाटक १३०५ सालमा लेखेका थिए । यही नाटकलाई डा. प्रकाश झाले अहिलेको समसामयिक मैथिलीमा ढालेर आफ्नै निर्देशनमा यो उत्सबमा मञ्चन गरेका हुन् ।
नाटकमा पूजा प्रियादर्शनी, रमन कुमार, मनिषा झा, सोनिया झा, मुकेश झा, बँगट लाल, जितेन्द्र कुमार, सँजिब कुमार लगायतको अभिनय थियो । ७ सय वर्ष पुरानो यो नाटक निकै रोचक बनेको थियो ।
यो उत्सबमा शनिबार दिउँसो राम केएसी निर्देशित अश्वेत मञ्चन भयो । सद्भाव थिएटरद्धारा मञ्चिन यो नाटकमा नारी र पुरुषको समस्यले यसले निम्त्याउने समस्या उठाईएको छ । यो नाटकमा शिबप्रसाद अधिकारी, अमृता खनाल, प्रदीप बास्तोला, शिक्षा केसी, एलिजा अधिकारी, दीलिप खड्का, बिज्ञान गजुरेल, किरण चपागाईं, तिर्सना राईको अभिनय थियो । नाटकलाई रामले नै लेखेका हुन् ।
शनिबार अपरान्ह यो उत्सबमा श्यामकुमार सहनी निर्देशित भारतीय नाटक संवदिया मञ्चन गरिँदैछ ।
यस्तै आईतबार पत्रकार फुलमान बलको नाटक सोनाम ग्याल्मो र जैनेन्द्र दोस्त निर्देशित भारतीय नाटक भिखारीनामा मञ्चन गरिँदैछ ।

Comments