नवराजको सुमधुर स्वरमा दर्शक श्रोता केन्द्रित, विदेशी भूमिमा हुँदा पनि कसरी चलाए यस्तो जादु
screennepal
प्रकाशित: २०७५, ८ असार शुक्रबार
no img

स्क्रिननेपाल डटकम :
नेपाली सांगीतिक क्षेत्र बाहिरबाट हेर्दा जति सरल र रोमान्चक लाग्छ भित्रि रुपमा त्यति सजिलो छैन | तर पनि धेरै व्यक्तिहरु यस क्षेत्र संग आबद्ध रहेर काम गरिरहेको देखिन्छ | तर एक किसिमको फरक अनुभव र आभास भने अवश्य पनि यस क्षेत्र भित्र छ | व्यक्ति विशेषको हिसाबले सबैमा फरक फरक कला हुने गर्दछ त्यस भित्र पनि दर्शक श्रोताको माझ कुन कुराले प्रभाव पार्दछ भन्ने पनि एउटा उत्सुकता विषय बन्ने गर्दछ | त्यस्तै यस क्षेत्रमा कोहि कलाले चले त कोहि गलाले | गला भन्ने बित्तिकै सुमधुर स्वरको कुरा त आईनै हाल्छ | यस्तै हामी पनि आज यसै विषय तर्फ नै केन्द्रित छौ | सुमधुर स्वरका धनि भएका थुप्रै व्यक्तिहरु यस क्षेत्रमा स्थापित रहेका छन् | त्यस मध्यको एक हुन् नवराज राई | हामी उनलाई पुर्णरुपमा यस क्षेत्रमा स्थापित त नभनौ तर उनले आफ्नो एक किसिमको पहिचान भने अवश्य नै बनाईसकेका छन् | उनको कामको पनि केहि चर्चा गरौ जसले उनको बारेमा विश्लेषण गर्न अझै बढी सजिलो होला |

उनि नेपाल बाहिर बसेर नेपाली सांगीतिक क्षेत्रमा लागिरहेका छन् | यो कुरा गरिरहंदा आफैमा पनि केहि गार्हो लाग्न सक्छ किन भने यो सजिलो काम त पक्कै पनि होइन | तर यसलाई सहजै रुपमा पुरा गरेर अगाडी बढिरहेका छन् गायक नवराज राई | तर उनको कामको व्यस्तताले उनको प्रस्तुति हेर्न र सुन्न भने दर्शक श्रोताहरुले केहि समयको पर्खाई गर्नु नै पर्ने अवस्था पनि रहेको छ | तर यहि कारणलाई मात्र उनको प्रस्तुतिमा ढिलाई भन्दा भने सहज हुदैन किन भने उनि आफै पनि निकै नै सोच विचार गरेर मात्र दर्शक श्रोताहरुलाई मन छुने प्रस्तुति दिने प्रयास गरिरहेका छन् | त्यसकारण पनि उनले आफ्नो नया प्रस्तुति एक पछि अर्को सार्वजनिक गर्न केहि समय लिने गरेका छन् | यसको फल उनले राम्रो नै समेत प्राप्त गरिरहेका छन् |

सेन्टिमेन्टल गीत जुन गत बर्ष रिलिज भएको थियो “हारै हारै भयो” बोलको गीत जसले अत्याधिक दर्शक श्रोताहरुको माया र साथ प्राप्त गर्यो | त्यस पछि उनले आफ्नो ट्रयाक परिवर्तन गरे र रोमान्टिक भर्सनमा प्रवेश गरे जसको फल स्वरूप उनले केहि समय अगाडी मात्र “तिमी नै” बोलको आफ्नो नया रोमान्टिक गीत सार्वजनिक गरे | तर यसपटक दर्शक श्रोताहरुले उनको गीतको भिडियो भन्दा पनि उनको गीत र उनको स्वरलाई बढी मनपराएको देखियो | उनको उक्त गीतमा उनकै शब्द, संगीत र स्वर समावेश रहेको छ । उनि बहुमुखी प्रतिभाको धनि व्यक्ति हुन् । स्वरको जादु आफ्नो पहिलो गीतबाट नै चलाईसकेका उनले आफ्नो दोस्रो गीतमा भने आफु भित्र रहेको लेखन र संगीतको क्षेमतालाई सबै माझ देखाए । समयको बहाव संगै उनले आफु भित्रको अरु कलालाई पनि बाहिर लिए आउने प्रयास गरे |

गायन संगै संगीत र लेखन विधामा पनि दर्शक श्रोताहरुको कदर र सम्मानको हकदार बने | अबको आगामी दिन उनले यो सबै कुरालाई एकसाथ कसरी लिएर जाने हुन् त्यो हेर्न भने बाँकी नै छ | तर उनले आफु यस क्षेत्रमा नै अन्तिम सम्म लागिरहने र आफुले सक्दो कोशिश गरेर दर्शक श्रोताहरुलाई नया र उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता जाहेर गरेका छन् | यस्तै उनले अहिले सम्म आफुलाई साथ र माया दिनुहुन सबै दर्शक श्रोताहरुलाई हृदय देखि नै धन्यवाद प्रकट गरेका छन् | त्यस्तै भोलिको दिनमा समेत यस्तै साथ र हौसला प्रदान गरिदिनुहुन् समेत उनले सबै संग अनुरोध गरेका छन् |

हेर्नुस भिडियो :

Comments