बदलिदो समय संगै बदलिदो प्रस्तुति पोखरेली गायक राज गुरुङको नया गीत बन्यो यस्तो
screennepal
प्रकाशित: २०७५, ८ असार शुक्रबार
no img

स्क्रिननेपाल डटकम :
केहि समय अगाडी मात्र “फुल जस्तो” बोलको सुमधुर आधुनिक शैलीको गीत निकालेर अथाह दर्शकहरुको माया र साथ पाउन सफल भएका पोखरेली गायक राज गुरुङको बिल्कुलै नया गीत यति बेला रिलिज भएको छ | केहि दिन अगाडी रिलिज भएको “पहिलो भेटको” बोलको यस गीतले पनि यति बेला निकै नै राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ | रक भर्सनको शैलीमा तयार भएको यस गीतमा मित्र वाम्बुले राईको शब्द, सर्बग्यमान शाक्यको संगीत र अरेन्ज रहेको छ । यस्तै गीतमा भने स्वयम गायक राज गुरुङको स्वर समावेश रहेको छ । लामो समय देखि चर्चामा रहेको यस गीतको भिडियो पनि केहि समय पछाडी मात्र सार्वजनिक गरिने उनले बताए । उनको यस गीतको संगीत पक्ष केहि फरक छ भने शब्द र स्वरको छुट्टै विशेषता रहेको छ । गीतको भिडियो अलि फरक नै निर्माण हुने उनले जानकारी दिएका छन् |


आफ्नो पछिल्लो गीतले दर्शक श्रोताहरुबाट राम्रो साथ पाए पछि उनको हौसला निकै नै बढेको थियो | त्यसको स्वरूप नै उनले केहि समयको अन्तरालमा नै यो नया गीत सार्वजनिक गरेका हुन् | उनले आफ्नो पहिल्लो गीतबाट नै गायन संगै अभिनयमा पनि हात हालेका थिए | उक्त गीतमा उनले नायिका रेखा लिम्बु (फागो) संग अभिनय गरेका थिए | आफ्नो पहिलो अभिनयको अनुभव निकै स्मरणीय रहेको बताउने उनि आफ्नो यस नया गीतको भिडियोमा पनि अभिनय गर्न सक्ने संकेत उनले देखाएका छन् | उनको पछिल्लो गीतको भिडियोलाई हेरेर अब यस गीतको भिडियो कस्तो निर्माण हुने हो भन्ने उत्सुकता सबैमा नै रहेको छ | अहिले भने यस गीतको अडियो मात्र रिलिज गरिएको हो |

गायक राज गुरुङ लामो समय देखि नेपाल बाहिर बसिरहेका छन् र नेपाल बाहिरबाट नै नेपाली सांगीतिक क्षेत्रमा योगदान दिइरहेका छन् | लामो समय देखि यस क्षेत्रमा लागिरहेका उनले पहिल्लो समय भने राम्रो राम्रो प्रस्तुति दर्शक श्रोता माझ पेश गरिरहेका छन् | बिस्तारै समय संगै उनको कलामा पनि धेरै हदले निखारता आएको पनि देखिन्छ | आफु यहि क्षेत्रमा नै लागिरहने उनले दृढ संकल्प बोकेका छन् | उनको आगामी यात्रा के कस्तो रहने हो त्यो त समयले नै निर्धारण गर्ने छ तर यति बेला भने दर्शक श्रोता माझ उनको राम्रो पहिचान बनिसकेको छ |

हेर्नुस गीत :

Comments