अर्पण र आर्यालाई उपाधि
screennepal
प्रकाशित: २०७५, ७ असार बिहीबार
no img

‘मिस्टर एण्ड मिस एसइई अफ द इयर–२०१८’ को उपाधि अर्पण राई । आर्या पुडासैनीले जितेका छन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा अदिक कार्की फस्ट रनर्सअप अनुराग कार्की सेकेण्ड रनर्सअप भए ।
प्रतियोगितामा प्रशान्त भण्डारी मष्ट पे्रmण्डली, सुजन खुलाल मष्ट डिसिप्लिन, नयन मगर मष्ट एक्टिभ, कुमोद कार्तियन बडु फेसबुक च्वाईस र मष्ट फोटोजेनिक, उत्सव खतिवडा बेस्ट डान्सर, बिनम्र राउत बेष्ट पर्सनालिटि, कञ्चन खत्री बेष्ट फिजिक, सोनम खड्का मेनेजमेन्ट च्वाईस, सन्दिप श्रेष्ठ मस्ट डिजर्भिङ, प्रनिस मगराती सोशल वेलफेयर ऐम्बेस्डर, आशिष श्रेष्ठ युथ विथ रेस्पोन्सबिलिटी र मेलिनराज पन्त मष्ट क्रियटिभभ भएका छन् ।


त्यस्तै, ‘मिस एसइई अफ द इयर’तर्पm मुनस्टोन आचार्य फस्ट रनर्सअप र अपेक्षा लुइँटेल सेकेण्ड रनर्सअप भए । सबिना शर्मा मष्ट पपुलरका साथमा फेसबुक च्वाइस र बेष्ट पर्सनालिटी भएकी छन् ।
त्यसैगरी आराध्या शाह बेष्ट हेयर, स्वस्तिका न्यौपाने मष्ट फ्रेण्डली र मष्ट चार्मिङ, अनिशा थापा मष्ट डिसिप्लिन,
िप्रया न्यौपाने मष्ट फोटोजेनिक र वेष्ट वाक, सृजा खरेल बेष्ट डान्सर, आरति सिंह ब्युटि विथ पर्पस, सलिसा श्रेष्ठ भ्यूअर च्वाईस, विनिषा शर्मा बेष्ट स्माइल, रितिका खड्का बेष्ट फिजिक, आश्मा थपलिया फेसन आइकन, ईशा कर्ण सोसल वेलफेर एम्बेस्डर र चन्दा श्रेष्ठ बेष्ट सिंगर भए ।


श्रद्धा खरेलको कार्यक्रम संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा गायक, संगीतकार तथा अभिनेता एसकुमार, गायक तथा गीतकार सिताराम पोखरेल, अभिनेता विष्णु रिजाल, मिसेस नेपाल इन्टरनेशनल २०१८ सुरुची पाण्डे, संगीतकर्मी तथा अध्यापक सरोज प्याकुरेल र शिक्षासेवी पंकज जलन निर्णायक रहेका थिए। कार्यक्रममा गायक ध्रुव विस्कोले गीत संगीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले एसइई दिएर परिणामको पर्खाइमा बसिरहेका किशोरकिशोरीका प्रतिभा प्रस्फुटन तथा व्यक्तित्व र आत्मविश्वास विकासका लागि प्रतियोगिता आयोजना गरेको बताए ।

Comments