नव प्रतिभाको लागि गहकिलो उदहारण बन्दै मोडल पदम लामा, विदेशबाट कला क्षेत्रमा यस्तो योगदान
screennepal
प्रकाशित: २०७५, ६ असार बुधबार
no img

स्क्रिननेपाल डटकम :
नेपाली कला क्षेत्र आजको दिनमा हेर्ने हो भने धेरै फराकिलो भईसकेको छ | धेरै कुराको समायोजन यस भित्र रहेको छ | यो क्षेत्रमा कति व्यक्तिहरु आबद्ध रहेर काम गरिरहेका छन् त्यसको सायदै हिसाब किताब होला | नेपाल देखि विदेश सम्म अझ भनौ भने विश्वोको कुना कुनामा बसेर नेपाली व्यक्तिहरु नेपाली कला क्षेत्रमा लागिपरेका छन् | सुची धेरै लामो छ तर त्यस भित्रको एउटा नाम हो पदम लामा | हुन त सबैको दुख आफ्नो ठाउँमा अमुल्य नै हुन्छ तर यो व्यक्तिको पनि आफ्नै संगर्षको कथा छ | उनि यस क्षेत्रमा लागेको धेरै समय भयो | उनि लगातार यस क्षेत्रमा आफ्नो पहिचान बनाउने प्रयासमा लागिरहेका छन् | उनले अफिसियल रुपमा यस क्षेत्रमा पाईला राखेको झन्डै ३ बर्ष बित्यो | यो बीचमा धेरै उतारचडाव उनको यात्रामा आयो | असफलता र सफलता यो दुवै कुराको स्वाद उनले लिइसकेका छन् | उनि हाल मलेसियामा रहेर यस क्षेत्रम लागिपरेता पनि उनको सुरुवात भने नेपालबाट नै भएको हो |

सिन्धुपाल्चोकमा जन्मेका उनको मनमा सबै देखि कला प्रतिको लगाव रहेको थियो | बाल्यकाल देखि नै यो लगाव भएर नै होला उनलाई आज सम्म पनि त्यसले छोडेन | धेरै पहिला मन भए पनि समस्याको घेरामा परेर उनले आफ्नो इच्छा पुरा गर्न सकेनन | तर पनि सहि समयको पर्खाईमा उनले दुख भने गर्न छोडेनन् | समयको चक्रव्यूहमा परेर उनि मलेसिया पुगे | कामको शिलशिलामा विदेशमा पुगेका उनको जीवनमा नया मोड आउदै छ भनेर उनले सोचेका थिएनन् | तर समयले उनलाई मलेसियाबाट नै नेपाली कला क्षेत्रमा लाग्नको लागि सहि मार्ग दर्शन दियो | धेरै साथीभाईको सहयोग र आफु भित्रको बलियो इच्छा शक्तिको कारण उनले मलेसियाबाट नै यस क्षेत्रमा हात हाले | उनको हरेक कदमले दर्शकहरुबाट राम्रो कदर र सम्म प्राप्त गर्यो |

धेरैले उनको अभिनय क्षेमताको तारिफ गरे | दर्शकहरुको मायाले गर्दा नै आफुलाई अझ बढी आत्मविश्वास बढेको उनको भनाई रहेको छ | अहिले सम्म उनले करिब ७ वटा भन्दा बढी गीतको भिडियोमा अभिनय गरिसके । त्यस मध्य उनको ५ वटा भिडियो भने रिलिज भईसकेको छ । उनको कुशल अभिनय क्षेमताका कारण उनि छिट्टै नै दर्शकहरुको आँखामा पर्न सफल भए । उनको २ वटा भिडियो रिलिजको तयारीमा रहेको छ । उनको भनाई अनुसार अब छिट्टै नै उक्त भिडियो पनि दर्शकहरु माझ आउने छ । उनि मलेसिया बस्न थालेको करिब ३ बर्ष बितिसक्यो । विदेशको दुख आफ्नो ठाउँमा छ र समय पनि उत्तिकै खर्चिलो तर पनि उनले भरपुर कोशिश गरेर म्युजिक भिडियोको लागि आफ्नो ब्यस्त जीवनबाट पनि समय निकालेका छन् । यो सुन्दा निकै चुनौतीपूर्ण लाग्छ । तर वास्तवमा सत्यता नै यहि हो । यो सुन्दा अस्वाभाविक लाग्ने कुरालाई पदम लामाले भने गर्न सकिन्छ भनेर प्रमाणित गरेर देखाई दिए |

उनले अहिले सम्म आधुनिक, रोमान्टिक र डान्स नम्बरका गीतको भिडियोमा अभिनय गरिसकेका छन् । तर उनको लगाव भने बढी आधुनिक गीतमा नै छ । मलेसियामा हुने अधिकांश सांस्कृतिक कार्यक्रमहरुमा उनको उल्लेखनीय उपस्थिति रहने गरेको छ । एक हिसाबले भन्ने हो भने उनि नया प्रतिभाको लागि एक उदहारण समेत बनेका छन् । उनलाई हेरेर नै यस क्षेत्रमा थुप्रै नया प्रतिभाको पनि प्रवेश भएको छ । उनि नया प्रतिभालाई प्रोत्साहन दिने काम समेत गर्दछन । उनको यस क्षेत्रमा लामो नै जाने सोच छ । उनि आफु यस क्षेत्रको लागि नै जन्मेको उनको ठम्याई छ । प्राप्त जानकारी अनुसार अब उनि नेपाली चलचित्र तर्फ पनि अग्रसर हुने प्रयासमा छन् । खबरलाई आधार मान्ने हो भने उनि अब चाडै नै नेपाली चलचित्रमा समेत काम गर्ने तयारीमा रहेका छन् । तर उनले यस विषयमा भने कुनै कुरा बोलेका छैनन् ।

हुन त अबको उनको अगाडिको यात्रा के कस्तो हुने हो त्यो समयले नै बताउने छ | तर आफ्नो आगामी योजनाको बारेमा भने उनले केहि कुरा बोलेका छन् | उनले आफ्नो आगामी यात्राको विषयमा बोल्दै आफ्नो पहिलो प्राथमिकता नै अभिनय भएको हुँदा प्राण रहे सम्म नै यसमा नै लागिपर्ने बताए | यस्तै उनले आफुले हरेक कामबाट नया नया ज्ञान र अनुभव लिएको र त्यसलाई नै आफ्नो आगामी कामहरुमा प्रयोग गर्ने समेत उनले बताए | यस्तै उनले आगामी दिनमा अरु थुप्रै नया नया प्रस्तुति लिएर आउने र दर्शकहरुको माया र साथको अपेक्षा पनि आफुलाई धेरै नै रहेको उनको भनाई रहेको छ | उनले आफ्नो आज सम्मको सफलताको श्रेय नै दर्शकहरुलाई दिएका छन् | यस्तै उनले आफ्नो प्रस्तुति हेरेर आफ्नो कामको सहि मुल्यांकन गरेर उचित सल्लहा सुझाब र प्रतिक्रिया र अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुनको लागि सबै दर्शकहरुलाई आग्रह गरेका छन् |

हेर्नस भिडियो :

Comments