‘फर्पिङ हुँदै कुलेखानी झरेर (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, ६ असार बुधबार
no img

नेपाली मौलिक काँठे दोहरीे गीत ‘फर्पिङ हुँदै कुलेखानी झरेर, जौंला मायाँ सरर सुमो चढेर’ सार्वजनिक भएको छ । दीपक रमणको निर्देशनमा काँठे दोहरी भाकामा म्युजिक भिडियो निर्माण भएको हो ।
प्रदीप लामा र ग्रिष्मा संग्रौलाको स्वर, संकलन प्रदीपकै रहेको गीतलाई स्टुडियो रिङमा पोष्ट प्रोडक्शन गरिएको थियो भने यसका निर्माता होमबहादुर गोले रहेका छन् । भिडियोलाई किरण गिरीले सम्पादन, वीरेन्द्र भाट ‘विपिन’ले छायाँकन गरेका हुन् । निशा थापा, बिजय थिङ लगायतकालाई फिचरिङ गरिएको गीतको भिडियो स्टुडियो रिङको युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
‘फर्पिङ हुँदै कुलेखानी झरेर, जौंला मायाँ सरर सुमो चढेर’ बोलको गीत क्रमस लोकप्रिय बन्दै गैरहेको छ ।

Comments