मलेसियामा छायांकनरत शम्भु मोक्तान अभिनित “चोट लाग्यो” रिलिज, प्रेम र धोकाको यस्तो समायोजन
screennepal
प्रकाशित: २०७५, ५ असार मंगलवार
no img

स्क्रिननेपाल डटकम :
मलेसियामा बसेर नेपाली म्युजिक भिडियो क्षेत्रमा मेहेनतको साथ लागिपरेका मोडल शम्भु मोक्तान तामाङद्वारा अभिनित “चोट लाग्यो” बोलको गीतको म्युजिक भिडियो यति बेला युटुबमा सार्वजनिक भएको छ | आधुनिक शैलीको यस गीतमा कोष बोम्जनको शब्द, आर.बि लामा र कोष बोम्जनकै संगीत र तारा लक्सम लिम्बुको स्वर समावेश रहेको छ | यस्तै गीतको अरेन्ज गर्ने काम भने टेकेन्द्र शाहले गरेका हुन् | गीतको भिडियोले धेरैको ध्यान आकर्षण गरेको छ | मलेसियामा छायांकन गरिएको यस भिडियोमा शम्भु संगै शान्ति बान्तवा राई र ताशी शेर्पाको समेत अभिनय रहेको छ | कोष बोम्जनको छायांकन रहेको भिडियो निर्देशन भने मोडल शम्भु मोक्तान तामाङले आफै गरेका हुन् | शम्भुको अभिनय संगै यसपटक निर्देशनले पनि ठाउँ पाएको छ | धेरै दर्शकहरुले उनको कामको सहि प्रतिक्रिया दिएको देखिन्छ | यसबाट उनको आगामी दिनको यात्रा सुखद नै हुने संकेत देखिन्छ |

तामाङ चलचित्र मार्फत नेपाली कला क्षेत्रमा अभिनय यात्रा सुरु गरेका उनको अहिले नेपाली म्युजिक भिडियो क्षेत्रमा जादु चल्दैछ | उनको लुक्स र अभिनय कौसलताले गर्दा नै उनलाई छिट्टै नै दर्शकहरुको आँखामा बस्न सफल गरायो | उनले गरेको परिश्रमको सहि मुल्यांकन भएको उनको भनाई रहेको छ | आफुलाई सहि प्रतिक्रिया दिनुभएकोमा उनले सबै दर्शकहरुलाई धन्यवाद पनि दिएका छन् | उनको आगामी दिनमा थुप्रै भिडियोहरु आउने तयारीमा रहेको उनले जानकारी दिएका छन् | उनले आफुले सक्दो राम्रो गर्ने प्रयास गरेको र दर्शकहरुलाई सके सम्म खुशी बनाउने प्रयास गर्ने समेत उनले बताए | हुन त उनको धेरै म्युजिक भिडियो बजारमा आइसकेको पनि छ तर उनले यस भिडियोमा भने आफ्नो अभिनयमा धेरै नै सुधार लिएर आएको देखिएको छ | निर्देशनको विषयमा बोल्दै उनले यो आफ्नो लागि नया अनुभव रहेको र दर्शकहरुले आफ्नो यस कलाको पनि सहि मुल्यांकन गर्दिनुभयो र यसलाई पनि आगामी दिनमा अभिनय संग संगै अगाडी बढाउदै लैजाने समेत उनले बताए |

अभिनय प्रतिको उनको लगावले उनलाई यस क्षेत्रमा देशबाट टाढा रहँदा पनि आबद्ध बनायो | परदेशको जीवन तर पनि यस क्षेत्रमा उनको संगर्ष यो हेर्दा नै अलिक अनौठो लाग्छ | तर उनले यो कुरालाई निकै सरल तरिकाले लिएर गईरहेका छन् | उनले गरेको दुखको परिकल्पना पनि गर्दा यो सम्भव नहोला भन्ने पनि लाग्न सक्छ | तर उनले यसलाई सत्यतामा परिणत गरेर धेरैको लागि उदहारण पनि साबित भएका छन् | मान्छे भित्र इच्छा शक्ति भयो भने जे पनि गर्न सकिन्छ भन्ने उनले देखाई दिएका छन् | उनले यस क्षेत्रमा पाईला राख्न चाहनेहरुलाई पनि मार्ग दर्शन देखाउने गरेका छन् | मलेसियामा हुने अधिकांश सांस्कृतिक कार्यक्रममा समेत उनको उल्लेखनीय उपस्थिति हुने गर्दछ | म्युजिक भिडियोमा मेहेनत गरिरहँदा फेरो पुनः चलचित्रमा फर्किने हो की भन्ने प्रश्न पनि उनि माथि नउठेको होइन |

तर उनले यस विषयमा त्यति धेरै कुरा खोलेका छैनन् | तर आगामी दिनमा फेरी पनि चलचित्रमा काम गर्न सक्ने सम्भावनाको संकेत भने उनले दिएका छन् | तर कुन चलचित्र अथवा कस्तो भूमिकामा भन्ने बारे भने उनले अहिले नै मुख खोलेका छैनन् | उनको आगामी दिन नेपाली कला क्षेत्रमा यात्रा कस्तो रहने हो त्यो त समयले नै बताउने छ | तर यति बेला भने उनले आफ्नो नया प्रस्तुति हेरेर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुनको लागि उनले सबै दर्शकहरु आग्रह गरेका छन् |

हेर्नुस भिडियो :

Comments