एलिशलाई निर्देशन मोह
screennepal
प्रकाशित: २०७५, ५ असार मंगलवार
no img

सुरुमा हरेकलाई कलाकार बन्ने एउटा मोह हुन्छ । तर यहाँ एलिश अधिकारीलाई निर्देशक बन्ने मन छ । उनी कलाकार होइन, निर्देशक बन्ने चाहना बोकेर नेपाली चलचित्रमा होमिएका छन् ।
कान्तिपुर फिल्म एकेडेमीमा निर्देशन पढेका उनले पढाइसँगै केही चलचित्रमा सहायक निर्देशन गरिसकेका छन् । एलिशले साउनमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘भैरे’मा सहायक निर्देशन गरेका छन् भने ‘जाइरा’मा पनी सहायक निर्देशकको भुमिका निभाएका छन् ।
आधा दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका एलिशले अर्को चलचित्रमा सहायक निर्देशकका रुपमा काम गर्ने पक्का भएको बताए ।
सानैदेखि कलाकारभन्दा निर्देशक बन्ने चाहना भएको बताउँदै एलिशले भने, ‘म निर्देशक नै बन्ने हो ।’ एउटा चलचित्रको सहायक निर्देशनको काम गर्न बिदेश जाने तयारीमा रहेको उनले बताए । केही चलचित्रमा सहायक निर्देशक गरेपछि आफैं चलचित्र निर्माणमा लाग्ने एलिशको भनाइ छ ।

Comments