दीपकले गाए ‘कसलाई सुनाउँ’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, ५ असार मंगलवार
no img

गायक दीपक लिम्बुको स्वरमा ‘कसलाई सुनाउँ’ बोलको गीत सार्जजनिक भएको छ । सार्वजनिक गीतमा ज्योति पौडेलको शब्द र राजु सिंहको संगीत रहेको छ ।
‘कसलाई सुनाउँ’ गीतको यस भिडियोमा रोशन केसी र आस्था अधिकारीलाई फिचरिङ गरिएको छ । यस गीतको भिडियोमा प्रेममा परेको र यो कुरा कसलाई सुनाऊँ भन्ने भावमा मोडल रोशन र आस्थामा प्ले गरिएको छ ।
क्यानडामा छायांकन गरिएको भिडियो यस भिडियोमा मोडलद्वयको अभिनय उत्कृष्ट रहेको छ । रोशन लामो समयदेखि क्यानडामा बस्दै नेपाली कला संस्कृतिको श्रीबृद्धिमा तल्लीन् छन् ।
युवराज अधिकारीको निर्देशन, छायांकन र सम्पादन रहेको यस भिडियोलाई बेष्ट टोन म्युजिकमार्फत सार्वजनिक गरिएको हो ।

Comments