फिल्मी क्षेत्रको ‘चखेवा जोडी’
screennepal
प्रकाशित: २०७५, ५ असार मंगलवार
no img

निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल प्रेममा छन् भन्ने त सबैलाई थाहै छ तर उनीहरु जहाँ पनि सँगै भेटिने हुनाले कथन नै बनेको छ, ‘जहाँ छवि त्यहाँ शिल्पा ।’
हो, यो फिल्म जोडी हालै इटहरीमा पनि सँगै देखिए । पुर्वको प्रमुख सहरमध्ये इटहरीमा निर्माता छविले केही साथीसँग मिलेर सिनेमा घर सञ्चालनमा ल्याएका छन् । उक्त सिनेमा घर उद्घाटन समारोहमा छवि र शिल्पा सँगै देखिएका थिए ।
अभिनेत्री रेखा थापासँग सम्बन्ध टुटाएपछि छविको नाम अभिनेत्री रजनी केसीसँग जोडिएको थियो । छविले रजनीलाई आफ्नो फिल्ममा हिरोइन बनाएपछि फिल्मी क्षेत्रमा ‘छवि र रजनी प्रेममा’ भन्ने धेरै गसिप आए । तर, रजनीसँग नभएर छविको निकटता शिल्पासँग बढ्यो । यतिसम्म कि ‘छवि र शिल्पाले विवाह नै गरिसकेका छन्’ भन्ने हल्ला चल्दै आएको छ । उनीहरु विवाह गरेको भन्ने कुरालाई भने स्वीकारेका छैनन् । तर, आफूहरु प्रेममा भएको दुवैले स्वीकारेका छन् ।


अभिनेत्री शिल्पाले केही समयअघि एक अन्र्तवार्तामा भनेकी थिइन्, ‘हो, हामी एकअर्कालाई प्रेम गछौँ तर, त्यो प्रेम निर्मात्रा र अभिनेत्रीबीचको पनि हुनसक्छ ।’ त्यस्तै, छविले पनि ‘हामी विवाह गर्न सक्छौ । यो मन मिलेपछि हुने हो’ भन्दै आएका छन् । त्यसैले छवि र शिल्पाको प्रेम सम्बन्ध घाम जतिकै छर्लङ छ भन्दा फरक पदैन ।
यो कुरा पछिल्लो समय सिनेमा घर उद्घाटन कार्यक्रममा पनि छचल्किएको थियो । कार्यक्रममा यी जोडीको तारिफ पनि भएको थियो । एकजना छविकै साथीले भन्दैथिए, ‘जोडी चाहिँ सुहाएको छ है ।’
निर्माता छविले इटहरीमा ‘एलाइट सिनेमा’ सञ्चालनमा ल्याएका हुन् । जसको उद्घाटन इटहरीका मेयर द्वारिकालाल चौधरीले गरेका थिए ।
उक्त सिनेमा घर छविराजलगायतको टिमले जग्गा खरिद गरेर अत्याधुनिक सिनेमा घर निर्माण गरेका हुन् । जसमा २ वटा स्क्रिन छ । पहिलो हलमा २०८ जनाको सिट क्षमता छ भने दोश्रोमा १४४ जनाको सिट क्षमता रहेको छ ।

Comments