मरिष्का निर्देशित अर्को भिडियो (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २ असार शनिबार
no img

मोडल तथा नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयसँगै अब निर्देशक पनि बनेकी छन् ।
म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियो निर्देशनमा देखिउकी हुन् । केही समयअघि गायक मुरारी गुरागाइँको एक गीतको म्युजिक भिडियो निर्देशन गरेर भिडियो निर्देशनमा डेब्यु गरेकी मरिष्काले अर्को नयाँ भिडियो निर्देशन गरेकी छन् ।
गीतकार होम न्यौपानेको शब्द तथा बिपी वाग्लेको गायन र संगीत रहेको ‘मेरो प्राण तिमी नै’ बोलको गीतको भिडियोमा मरिष्काको निर्देशक कला हेर्न पाइन्छ ।
मिसन इन्टरटेन्मेण्ट प्रालिले निर्माण गरेको मेलोडियस र सकारात्मक माया झल्काउने भिडियोमा नायिका मरिस्का पोख्रेल र दृश्य सुबेदीको अभिनय छ ।
भिडियोमा मरिस्काको दृश्यसँगको भेट, उनीहरुको प्रेमविवाह अनि घरमा दुर्घटनामा परेपछि ह्वीलचेयरमा मरिस्का बस्नुपरेको पीडालाई प्रस्तुत गरिएको छ ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा नविन भाट्टको सम्पादन छ । भिडियो मिसन इन्टरटेन्मेण्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियो केही दिन भित्रै राष्ट्रिय टेलिभिजनमा प्रसारणमा आउने गीतकार न्यौपानेले बताए ।

Comments