नारायण र संजीवनीको अँगालोमा… (भिडियो)
screennepal
प्रकाशित: २०७५, २ असार शनिबार
no img

गायक नारायण धिताल ‘अंगालोमा’ मा बोलको गीत तथा भिडियो लिएर आएका छन् । यी गायक एल्बम ‘जय मायाप्रेम’मार्फत सांगीतिक क्षेत्रमा चर्चामा आएका थिए ।
सार्वजनिक गीतमा गायक धितालसँगै भारतीय चर्चित गायिका संजीवनीले स्वर दिएकी छन् । निरपेश उप्रेतीको शब्द तथा शिखर आर सन्तोषको संगीत रहेको ‘अँगालोमा’ गीतको यस भिडियोलाई स्कटल्याण्डको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।
यस भिडियोमा मोडल अभिषेक थापा र लिशा सुनारको उत्कृष्ट अभिनय रहेको छ । मोहन कार्कीको कोरियोग्राफी, फौस्तास तलक्काको छायांकन रहेको यस भिडियोलाई दिपेश रेग्मीले निर्देशन गरेका हुन् ।

Comments