सिंगल ‘ए सोल्टिनी’ (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७५, १ असार शुक्रबार
no img

फिल्म ‘ए सोल्टिनी’ को प्रदर्शन मिति तय भएको छ । निर्देशक निमा लामा तामाङले आफ्नो फिल्म असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने जानकारी दिए ।
दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्वा, अनिता गोले, गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।
जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ए सोल्टिनीको बितरण आर आर फिल्मले गर्दैछ । तामाङ भाषाका भण्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ए सोल्टिनी पहिलो नेपाली फिल्म हो । उनले ए सोल्टिनीपछि दोषी को र परदेशले लुटेको सपना नामक नेपाली फिल्म निर्देशन गरेका छन् । फिल्म निकै रमाइलो बनेकाले दर्शकले मन पराउने बिश्वास निर्माता दिलकुमारको छ ।

https://www.youtube.com/watch?v=6mEOtLv7RLE&feature=youtu.be

काठमाडौ उपत्यका वरिपरि खिचीएको फिल्ममा सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको बताइन्छ । कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, सबै कुराले आफ्नो फिल्म भरिपूर्ण भएको निर्देशन निमाको दावी छ । बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका छन् । अरु कुनै फिल्मले मिति नतोकेकाले ए सोल्टिनी असार १५ मा एकल प्रर्दशनमा आउने देखिन्छ ।

Comments