टेकेनको “ए काली” को रेकर्डिङ समाप्त, अमेरिकाबाट यसरी हुदैछ रिलिज
screennepal
प्रकाशित: २०७५, ३१ जेष्ठ बिहीबार
no img

स्क्रिननेपाल डटकम :
अमेरिकामा बसेर लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा योगदान दिइरहेका गायक टेकेन लुङ्गालीको नया गीत अब बजारमा आउने तयारीमा छ । प्राप्त जानकारी अनुसार केहि दिन अगाडी मात्र उनको “ए काली ए काली” बोलको नया गीतको रेकर्डिङ कार्य सकिएको छ । यति बेला गीतको धमाधम मिक्सिङ कार्य भईरहेको छ । गीतको बोलबाट नै यो गीत रोमान्टिक भर्सनमा तयार भएको सजिलै अनुमान लगाउन सकिन्छ । उनको यस गीतमा स्वयम उनको शब्द, संगीत र स्वर समावेश रहेको छ ।


उनको पछिल्लो गीत भने रक भर्सनमा रहेको थियो । नेपालको वीरताको विषयमा समेटेर उनले आफ्नो यस भन्दा अगाडिको गीत तयार पारेका थिए । उनले आफ्नो उक्त गीत अमेरिकामा नै रेकर्डिङ र छायांकन गरेर रिलिज गरेका थिए । उनको उक्त गीतले निकै राम्रो प्रशंसा बटुलेको पनि थियो । उक्त तारिफ र दर्शक श्रोताहरुको मायाले गर्दा नै आफुले अर्को नया र फरक गीत तयार गर्ने जोश र जाँगर मिलेको उनको भनाई रहेको छ ।

आफ्नो हरेक प्रस्तुतिमा फरक गर्न खोज्ने उनको गाउने शैली र स्वरको धेरै प्रशंसक रहेका छन् । तर उनि भित्र कुनै एक कलाको मात्र बास भने छैन । उनि बहुमुखी प्रतिभा भएका व्यक्ति हुन् । उनि लेखन र संगीत भर्ने विधामा पनि उत्तिकै अब्बल रहेका छन् । उनको धेरै गीत बजारमा आईसकेका छन् । यस्तै आगामी दिन धेरै नया गीतहरु बजारमा आउने तयारीमा रहेको उनले जानकारी दिएका छन् । दर्शक श्रोताहरुले आफ्नो प्रस्तुतिलाई हेरेर सुनेर उचित प्रतिक्रिया र साथ दिनुहुने विश्वास समेत उनले लिएका छन् ।

Comments