गीतकार कुमार मिश्रको शब्दको चल्यो जादु, १ हफ्तामै “जाउ तिमी” ले पायो यत्तिका दर्शकको साथ
screennepal
प्रकाशित: २०७५, ३१ जेष्ठ बिहीबार
no img

स्क्रिननेपाल डटकम :
यति बेला एक पछि अर्को नया नया गीत नेपाली दर्शक श्रोता माझ प्रस्तुत गर्नेमा धेरैको नाम छ । तर एक जना यस्ता व्यक्ति रहेका छन् जसले अमेरिकामा बसेर निरन्तर रुपमा आफ्ना प्रस्तुति नेपाली दर्शक श्रोताहरुलाई पेश गरिरहेका छन् । उनि हुन् गीतकार कुमार मिश्र । हो दर्शकबिन उनको १ हफ्ता अगाडी मात्र “जाउ तिमी” बोलको निकै नै सुमधुर गीत रिलिज भएको थियो जसले अहिले युटुबमा धेरै नै दर्शकहरुको साथ पाईरहेको छ । अहिले सम्म करिब ९० हजार भन्दा बढी दर्शकहरुले यस गीतलाई हेरिसक्नु भएको छ भने दिन प्रति दिन यसको भिवर्स बढी नै रहेको छ । छोटो समयमा यत्तिको दर्शकहरुको साथ पाउनु सानो कुरा भने पक्कै पनि होइन ।

गीतकार कुमार मिश्रको शब्दमा तयार भएको यस गीतमा कर्मा ग्याल्चन बोम्जनको संगीत र स्वर समावेश रहेको छ । यसको अरेन्ज भने फणिन्द्र राईले गरेका छन् । गीतकार कुमार मिश्रले भने यसलाई गजलको नाम दिएका छन् । त्यसैले हामी पनि यसलाई गीत गजल नै भनौ । उत्कृष्ट र मन छुने शब्दको भित्र गायक तथा संगीतकार कर्मा ग्याल्चन बोम्जनको संगीत र स्वरले यसलाई अझ बढी सुमधुर बनाएको छ । यसको सबै भन्दा अब्बल पक्ष नै शब्द र संगीत रहेको छ । कुमार मिश्रले आफ्नो यस गजलमा प्रेम सम्बन्ध र बिछोडको विश्लेषण गरेका छन् भने कर्मा बोम्जनले यसलाई आफ्नो संगीत र स्वरको माध्यमबाट निकै उत्कृष्ट शैलीमा प्रस्तुत गरेका छन् ।

गीतको भिडियो पनि उत्तिकै राम्रो बनेको छ । सोनाम पाख्रिनको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा रक्षा श्रेष्ठ र सोनाम पाख्रिनले अभिनय गरेका छन् । यी २ को अभिनयले पनि गीतलाई बरोबर दर्शक माझ खुलाएको छ । अमेरिकामा बसेर लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा कलम चलाईरहेका गीतकार कुमार मिश्रको थुप्रै गीत अझ बाहिर आउने तयारीमा रहेको छ । पछिल्लो समय उनि उत्कृष्ट शब्द रचना लेख्न सक्ने मध्यमा पर्दछन । उनको शब्द लेखनले धेरै मान्छेको वास्तविक जीवनको कथा पनि बोलेको पाइएको छ । अमेरिकाको ब्यस्त जीवनको भुमरीमा हुँदा समेत उनले सांगीतिक क्षेत्रमा सक्दो समय खर्चिएका छन् । नेपाली सांगीतिक क्षेत्रमा उनको योगदान निकै नै अतुलनीय रहेको छ ।

तर उनले आफ्नो सफलताको श्रेय भने दर्शक श्रोताहरुलाई दिएका छन् । आफ्नो मेहेनत संग संगै दर्शक श्रोताहरुको साथले आफु अगाडी बढ्न सकेको उनको ठम्याई छ । उनले अगाडिको दिनमा समेत आफुलाई दर्शक श्रोताको निकै आवश्यकता रहेको बताए । यसै गरि उनले सबै दर्शक श्रोताहरुलाई आफ्नो प्रस्तुतिलाई सहि ढंगले मुल्यांकन गरेर कमि कमजोरी बताईदिन समेत आग्रह गरेका छन् । उनले सबैको प्रतिक्रिया र सल्लहा सुझाबलाई आत्मसाथ गरेर नै आफु अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

हेर्नुस भिडियो :

Comments