चित्रकार र बुढाथोकीलाई उपाधि
screennepal
प्रकाशित: २०७५, ३१ जेष्ठ बिहीबार
no img

‘मिष्टर एण्ड मिस एसइई आइकन–२०१८’ को उपाधि मा रिकिश चित्रकार र सरस्वती सरु बुढाथोकीले जितेका छन् । चित्रकारले शीर्ष उपाधिसहित मस्ट ट्यालेन्ट र मस्ट पर्फेक्ट टाइटल पनि पाए भने सरस्वतीले मस्ट पर्फेक्ट टाइटल जितेकी छन् ।
अल नेपाल पब्लिकेसन मिडिया हाउस ललितपुरले राजधानीमा आयोजना गरेका कार्यक्रममा ‘मिष्टर एसइई आइकनतर्फ रामदुलार यादव फस्ट रनर्सअप र बेष्ट स्पीच तथा प्रविन शिवाकोटी सेकेन्ड रनर्सअप भए ।


त्यस्तै किशारीतर्फ बिबिका थापा फस्ट रनर्सअप र मल्लिका श्रेष्ठ सेकेन्ड रनर्सअप भएका छन् । कार्यक्रममा विभिन्न सवटाइटल पनि प्रधान गरिएको थियो ।
यस प्रतियोगिताका लागि हिसानका पूर्वअध्यक्ष तथा हिमालयन ह्वाइट हाउस कलेजका प्रिन्सिपल युवराज थापा, ‘टिचर आइकन’ पूर्वविजेता सन्ध्या केसी, डा. श्याम खड्का, कलाकार सुरेन्द्र केसी, गजित बिस्ट, सञ्चारकर्मी सुर्य चन्द र आइडल मोडल स्कुलका प्रिन्सिपल बिराट क्षेत्री निर्णायक थिए । कार्यक्रममा विभिन्न कलाकारले कला प्रस्तुत गरेका थिए ।

Comments