नया प्रतिभाको लागि प्रेरणाको श्रोत बन्दै हिरोजन, यसरी सुरु भयो म्युजिक भिडियोमा संगर्ष
screennepal
प्रकाशित: २०७५, ३० जेष्ठ बुधबार
no img

स्क्रिननेपाल डटकम :
संगर्ष बिना कुनै कुराको प्राप्ति हुदैन यो भन्दा कहिँ गल्ति हुदैन । वास्तवमा जीवनको अर्को नाम नै संगर्ष हो । संगर्ष हरेक कुरामा हुन्छ र गरिन्छ पनि तर हामी यति बेला कुरा गर्दैछौ नेपाली कला क्षेत्र । कला क्षेत्र भन्ने बित्तिकै यो कुनै न कुनै हिसाबले मनोरंजन संग जोडिन्छ । नेपाली कला क्षेत्रमा मनोरंजनको पाटो छुट्ट्याउने हो भने धेरै बाटो तर्फ लाग्न सकिन्छ तर हामी जादैछौ नेपाली म्युजिक भिडियो क्षेत्रको बाटो । यो क्षेत्र हेर्दा बाहिर बाटो जति रहर लाग्दो छ भित्र उत्तिकै संगर्ष छ । मेहेनत र परिश्रम बिना यहाँ टिक्न धेरै नै गार्हो छ । धेरैले हात झिकिसकेको पनि प्रशस्त नै देखिन्छ । यहि क्षेत्रमा रमाउन र परिश्रम गर्न धेरै नया प्रतिभाको उत्पत्ति पनि अहिले भईरहेको छ । नाम लिने हो भने लामो सुची नै तयार हुन्छ तर त्यस भित्रको एक नाम हो आज हामी चर्चा गर्दैछौ । उक्त नाम हो हिरोजन तुम्बाहाम्फे सुब्बा । नेपाली म्युजिक भिडियो क्षेत्रमा बिल्कुलै नया र फ्रेस नाम हो यो ।

उनको यस क्षेत्रमा प्रवेश र मेहेनत धेरै लामो समय भएको छैन । केहि समय अगाडी मात्र उनले आफ्नो पहिलो म्युजिक भिडियोबाट यस क्षेत्रमा प्रवेश गरे । अहिले आएर उनले यस क्षेत्रमा हात हाले पनि उनको यस क्षेत्र प्रतिको लगाव भने बाल्यकाल देखिको नै हो । पूर्वको ताप्लेजुङको जन्म अनि धेरै समस्या भित्रको भुमरीमा परेर उनले आफ्नो उचित गन्तव्य पाउन सकेनन । तर पनि एकदिन आफ्नो यो सपनालाई वास्तविकतामा बदल्ने छु भन्ने विश्वास उनि भित्र कायम थियो । त्यसको फल स्वरूप नै आज उनि यस क्षेत्रमा उभिएका छन् । तर नेपाल हुँदा भने उनको यज क्षेत्रमा प्रवेश निकै गार्हो भयो अन्ततः उनको सपना मलेसियामा आएर मात्र पुरा भयो । करिब ३ बर्ष भन्दा बढी समय मलेसियामा काम शिलशिलाले रहेका उनको म्युजिक भिडियो क्षेत्रमा यात्रा भने केहि समय अगाडी देखि मात्र सुरु भयो । रहर त उनीमा थियो तर सबै कुराको ज्ञान र अनुभव लिएर मात्र उनि यस क्षेत्र भित्र प्रवेश गर्न चाहन्थे ।

करिब २ महिना अगाडी मात्र उनको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको थियो । उनको पहिलो म्युजिक भिडियोबाट नै उनले धेरै दर्शकहरुको मुखबाट कोरियन लुक्स मोडलको उपनाम पाए । साच्चिकै हेर्ने नै हो भने उनको लुक्स कोरियन मोडल संग मिल्न जान्छ । तर उनको कोरियन लुक्सकै कारण मात्र दर्शकहरुले उनलाई मन पराएको भने होइनन । उनि भित्र स्थापित अभिनय क्षेमताले गर्दा पनि दर्शकहरुले उनको पहिलो प्रयास स्वीकार गरेको देखियो । पहिलो म्युजिक भिडियो संगै उनले नेपाली म्युजिक भिडियो क्षेत्रमा डेब्यु गरे । अब यो यात्रा निकै लामो जाने र आफुले सक्ने भन्दा पनि बढी मेहेनत गरेर दर्शकहरुलाई अझै बढी खुशी दिने प्रयास गर्ने उनले बताए । हुन अब छिट्टै नै उनको नया म्युजिक भिडियोको छायांकनको तयारी भईरहेको छ ।

यस विषयमा बोल्दै यसपटकको गीत पहिले भन्दा केहि फरक रहेको र छायांकन पनि मलेसियामा नै गर्ने उनले बताए । आफ्नो दोस्रो प्रस्तुतिमा दर्शकहरुले केहि फरक टेस्टको अनुभव गर्न पाउनुहुने विश्वास समेत उनले ब्यक्त गरेका छन् । यस्तै उनको मोडलिङ र म्युजिक भिडियो संगै भविष्यमा नेपाली चलचित्रमा काम गर्ने सोच रहेको बताएका छन् । यसको लागि आफुले धेरै लामो बाटो तय गर्नु पर्ने र धेरै नै मेहेनत गर्न बाँकी रहेको र आफुले जति सक्दो परिश्रम गर्ने पनि उनले बताए । हुन त उनि हरेक किसिमको म्युजिक भिडियोमा काम गरेको अनुभव लिन चाहन्छन तर विशेष रुपमा आफुलाई आधुनिक गीतको भिडियोमा काम गर्न इच्छा रहेको उनि बताउछन् । आफुले आफ्नो हरेक कामबाट नै नया कुरा सिक्ने मौका पाएको र समय संगै आफ्नो प्रतिभालाई निखार्दै लैजाने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् ।

अबको आफ्नो यात्रा अझ बढी मेहेनत गर्नुपर्ने उनलाई राम्रो संग थाहा छ । उनि यसको लागि तम्तयार भएको पनि उनि बताउछन् । भविष्यमा उनलाई उनको सपनाले कहाँ सम्म पुर्याउने हो त्यो त समयले नै बताउने छ । तर अहिले भने उनलाई दर्शक र श्रोताहरुको माया र साथको आवश्यकता रहेको छ । तसर्थ उनले सबै देशमा तथा विदेशमा रहनु भएका नेपाली दर्शक श्रोताहरुलाई आफ्नो प्रस्तुति हेरेर सहि ढंगले मुल्यांकन गरेर उचित सल्लहा सुझाब र प्रतिक्रियाको साथमा हौसला समेत आफुलाई प्रदान गरिदिनुहुनको लागि हार्दिक अनुरोध गरेका छन् ।

हेर्नुस भिडियो :

Comments