एक वास्तविक कथा : ‘वन्स ओपन अ टाइम इन हलिउड’
screennepal
प्रकाशित: २०७५, २८ जेष्ठ सोमबार
no img

लस एञ्जलस (एजेन्सी) । सन् १९६९ मा लस एञ्जलसमा शेरोन टेटको हत्या भएको थियो । उक्त हत्या हलिउडको ‘सबैभन्दा ठूलो हत्याको केस’ भनेर बुझिन्छ । जहाँ कुख्यात अपराधी चाल्र्स मेनसनको इशारामा शेरोन र उनका चारजना साथीको हत्या भएको थियो । शेरोनको जतिखेर हत्या भएको थियो, त्यतिखेर उनी प्रेग्नेन्ट थिई ।
१९९२ मा ‘रिजवार्यर ड्रग्स’मार्फत इन्टरनेशनल फेम पाएका क्वेन्टिन टेरन्टिनो यस घटनामा आधारित एक फिल्म लिएर आउँदैछन् । फिल्मको नाम ‘वन्स ओपन अ टाइम इन हलिउड’ रहेको छ । जसमा स्टार सुचिमा ओस्कर विजेता अल पचिनोको नाम पनि जोडिएको छ ।
हलिउडका ७८ वर्षीय अभिनेता अल पचिनो यस फिल्ममा मार्विन श्वर्जको भूमिकामा प्ले हुँदैछन् । फिल्मका उनका अलावा बर्ट रेनाल्ड्स, द एलियनिस्ट फेम डकोटा फैनिङ, डेमियन लेविस, निकोलस हैमन्ड, एमली हिरस्क पनि रहनेछन् । फिल्ममा कर्ट रसेल, टिम रोथ र मिशेल मैडसन कैमियो रोलमा छन् ।
फिल्मको अन्य स्टाररमा लियानार्दो डिकेप्रियो, ब्राड पिट र मार्गोट रोबी पनि रहने बताइएको छ । मार्गाेट फिल्ममा शेरोन टेटका भूमिका गर्दैछन् ।
डिकेप्रियो रिक डाल्टनको भूमिका गर्दैछन् । ब्राडले क्लिफ बुथको भूमिका गर्ने जनाइएको छ । यी दुवैजना रियल लाइफमा पनि शेरोनका साथी थिए ।
शेरोनको हत्या हुँदा उनका पति निर्देशक रोमन पोलान्सकी त्यो रात घरमा थिएनन् । उनी युरोपमा आफ्नो फिल्म सुटिङमा व्यस्त थिए ।
चाल्र्स अमेरिकाको कुख्यात अपराधी थिए । उनी ‘सिरियल किलर’ले चिनिन्थे । चाल्र्सले एक फरक धार्मिक बाटो अपनाएका थिए । ६० को दशकमा उनले शेरोनलाई चक्कुले रोपेर मारेका थिए ।

Comments