राजधानीमा तनहुँ तमु समाजको ‘घाटु खोय’ (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, २७ जेष्ठ आईतवार
no img

तस्बिर : नविनबाबु गुरुङ

राजधानीको बालाजुस्थित थकाली सेवा समाजको प्रांगण शनिबार गुरुङ संस्कृति र कलामय बन्यो । वर्षे झरीले हिलाम्मै बनेको बाटो छिचोल्दै राजधानीमा बसोवास गर्दै आएका तमु गुरुङ समुदायका मानिसहरु आफ्नो मौलिक भेषभूषामा सजिएर त्यहाँ पुगेका थिए ।


तमु समाज तनहुँले आयोजना गरेको ‘घाटु खोय’ कार्यक्रममा तमु संस्कृतिले गुञ्जायमान बनेको थियो । गुरुङ परम्पराअनुसार चण्डी पुर्णिमा अर्थात बुद्ध जयन्तिको दिनमा मनाइने र देखाइने घाटु नाच र त्यससँग सम्बन्धित समुदायको समन्वयमा यस्तो भोजको आयोजना गरिन्छ । उक्त भोजमा आ–आफ्नो समाजबाट उपस्थित भइ संस्कृति झाँकी तथा नृत्य प्रस्तुत गरिने गरिन्छ ।


गुरुङ संस्कृतिको जगेर्नाकै निम्ति यसपटक काठमाडौँमै कार्यक्रमक आयोजना गरिएको आयोजक तमु समाज तनहुँले जनाएको छ्र
कार्यक्रममा विभिन्न गुरुङ समुदायले कौडा, चुड्का, मारुनी, घाटुलगायता गुरुङ सांस्कृतिक झल्किने नृत्य प्रस्तुत गरिएका थिए । कार्यक्रममा गुरुङ समुदायको मौलिक खानासहित भोज गरिएको थियो ।

Comments