नौलाई शुन्य नम्बे : गुन्यूचोलीमा पनि सेक्सी ज्योति (भिडियो)
screennepal
प्रकाशित: २०७५, २६ जेष्ठ शनिबार
no img

गायक रुपकुमार राई र गायिका मेनुका राईले लोकशैलीको डान्सिङ गीत ल्याएका छन् । साइनोले सोल्टी–सोल्टिना पर्ने रुपकुमार र मेनुकाको ‘नौलाई शुन्य नब्बे’ बोलको गीत तथा भिडियोलाई बिन्ध्यबासिनी म्युजिकले सार्वजनिक गरेको हो । भिडियोमा सोल्टी र सोल्टिनाबीचको प्रेम दसाईको छ ।
सुगमसंगीतमा कहलिएका रुपकुमार र मेनुकाले यस ‘नौलाई शुन्य नम्बे’मा भने पछिल्लो टे«ण्डलाई पछ्याएका छन् । केही समययता लोक फ्लवरको डान्सिङ गीतले बजार ओगट्दै आएको छ । यसैक्रममा उनीहरुले यो गीत ल्याएका हुन् ।
‘नौलाई शुन्य नम्बे’मा लोक गायन क्षेत्रकी सेक्सी गायिका तथा मोडल ज्योति मगरले अभिनय गरेकी छन् । सधै छोेटो वानपिस र स्कर्टमा देखिने ज्योतिलाई यस भिडियमा भने गुन्यूचोलीमा छिन् । तर, उनी गुन्यूचोलीमै भएपनि सेक्सी र ग्ल्यामरस देखिएकी छन् । भिडियोमा ज्योतिसँग काजिश श्रेष्ठले अनस्क्रिन रोमान्स गरेका छन् ।

डिआर अटुको शब्द तथा संगीत रहेको यस अंक गणितिय प्रेमभाव दर्साइएको भिडियोलाई निर्देशन पनि काजिश श्रेष्ठले नै गरेका हुन् ।
शुक्रबार युट्युबबाट रिलिज गरिएको यस भिडियोलाई दर्शकले रुचाएका छन् । ‘नौलाई शुन्य नम्बे’ भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने सम्पादन दीपक विष्टले गरेका हुन् । यस गीतको भिडियोले व्यापकता पाउने निर्माणपक्षले अपेक्षा गरेको छ ।

Comments