नेपाली साहित्यमा गीतकार कुमार मिश्रको योगदान, अमेरिकाबाट निरन्तर यस्तो प्रयास
screennepal
प्रकाशित: २०७५, २६ जेष्ठ शनिबार
no img

स्क्रिननेपाल डटकम :
नेपाली कला साहित्यको कुरा गर्ने हो भने पहिला र अहिले धेरै फरक भईसकेको छ । नेपालमा धेरै सर्जकहरुको भिड छ । तर आज हामी नेपालको होइन नेपाल बाहिर रहेर नेपाली कला तथा साहित्य क्षेत्रमा निरन्तर योगदान दिइरहनुभएका व्यक्तिहरुको कुरा गर्नेछौ । हुन त सुची धेरै लामो छ सर्जकहरुको तर त्यस भित्रबाट पनि संगर्षको साथमा उत्कृष्ट सर्जकहरुको नाम निकाल्ने हो भने केहि नाम निस्कन्छ । त्यहि नाम भित्र एक हो कुमार मिश्र । सुरुवाती चरणबाट नै गीतकार देखि आफ्नो परिचय सुरु गरेका उनि अहिले पनि गीत, गजल रचनामा नै निरन्तर लागिरहेका छन् तर उनको लेखन शैली भने समय संगै फरक र अझ बढी उत्कृष्ट हुदै गईरहेको छ ।

प्रवासमा बसेर नेपाली साहित्य र कला क्षेत्रमा समय दिनु हामी आफैले सोच्दा नै गार्हो देखिन्छ । तर गीतकार कुमार मिश्रले यो गार्हो कामलाई सहजै रुपमा स्वीकार गरेर सक्दो समय निकालेर नेपाली साहित्यमा खर्चेका छन् । उनि एक गहकिलो उदहारणको पात्र बनेको देखिन्छ । नेपाल देखि सुरु भएको कला क्षेत्रमा उनको यात्रा अहिले अमेरिकामा पुग्दा समेत जस्ताको त्यस्तै छ । उही उर्जा र गर्छु भन्ने दृढ संकल्प सहित उनि अगाडी बढी रहेका छन् । उनको लेखन क्षेमताको बेला बेलामा निकै चर्चा हुने गर्दछ ।

अरु भन्दा फरक र नया शैलीमा रचना गर्न सक्ने उहाको खुबीले नै उहालाई अरुबाट देखि फरक प्रस्तुत गर्यो । उहाको धेरै शब्द रचनामा केहि नया कुरा पाईन्छ जसको अर्थले धेरै कुराको अनुभूति दिलाएको पनि छ । लेखन क्षेत्रमा उहाको यात्रा भनौ भने बाल्यकाल देखि नै सुरु भएको हो । तर धेरै कुराको समस्याको कारण उक्त सिर्जना बाल्यकालमै सिमित भयो । तर समय बित्दै जाँदा उहाले आफुमा अझ बढी निखार लिएर आए । उनि यस क्षेत्रमा सक्रिय भएर लागेको करिब ७ बर्ष बित्यो । तर त्यस भन्दा अगाडी पनि उनिद्वारा लिखित फुटकर गीत कविताहरु कालेबुगँको साप्ताहिक पत्र पत्रिकामा प्रकाशित भएका थिए। लामो समयको मेहेनत पछि उनले आफुलाई अहिले सबैको माझमा सफल र अब्बल गीतकारको रुपमा चिनाएका छन् ।

उनको “सामीप्य” नामक पहिलो एल्बम १ बर्ष अगाडी रिलिज भएको थियो । उनको उक्त एल्बममा स्वयम उनको एकल शब्द, कर्म ग्यालछेनको एकल संगीत र आवाजको साथमा नोर्बु शेर्पाको एकल संयोजन रहेको थियो । उक्त एल्बम आइ टिउनसबाट प्रकाशित भएको थियो । निकै सुन्दर शब्द रचनामा तयार भएका कर्णप्रिय गीतहरुले भरिएको उनको उक्त एल्बमले राम्रो चर्चा पायो । अमेरिकामा अझ बढी बिशेष रुपले उक्त एल्बम र उनको लेखन शैलीको प्रशंसा भयो जसको कारण उनि भित्र अझ बढी उर्जा उत्पन्न भयो । आफ्नो पहिलो एल्बम रिलिज पछि उनले बिस्तारै आफ्नो शब्द लेखन क्षेमतालाई पनि नया सोच सहित अगाडी बढाउदै गए । त्यस पश्च्यात अहिले हेर्ने हो भने बजारमा उनको शब्द लेखन र विभिन्न गायक गायिकाहरुको स्वरमा करिब १ दर्जन भन्दा बढी गीत बजारमा आइसकेका छन् ।

त्यस्तै उनले दिएको जानकारी अनुसार अब २ दर्जन भन्दा बढी उनका गीत र गजलहरु बजारमा सार्वजनिक हुने तयारीमा रहेको छ । यस्तै उनको “सामीप्य” एल्बममा समावेश “सताउ या मताउ” बोलको गजलले २०१८ टुब्रोग मिउजिक अवार्ड बेस्ट मेल भोकलिस्टबाट गायक कर्म ग्यालछेनलाई अवार्ड समेत दिलायो । आफ्नो शब्द रचनाको सहि मुल्यांकन र कदर भएको देख्दा निकै खुशी मिलेको उनले बताए । यस्तै आफ्नो रचनाले पाएको सम्मानको श्रय भने नेपाली दर्शकहरुको मायालाई जाने उनले उल्लेख गरे । दर्शक श्रोताको साथ र मायाको खाँचो आफुलाई सधै नै पर्ने समेत उनले बताए । उनको अब रिलिजको तयारीमा गीतमा टेकेन्द्र नेपालीको संगीत र गोपाल तामाङको स्वर रहेको उनले जानकारी दिए । गीतमा शब्द भने उनको नै रहेको छ । यसपटकको गीत अलिक फरक रहेको उनको भनाई छ ।

उनले हरेक किसिमको गीत रचना गरिसकेका छन् । तर उनको बढी लगाव भने आधुनिक गीत तर्फ देखिन्छ । उनको शब्द रचनाले वर्णन गरेको अर्थले धेरैको मनमा राज गर्छ किन भने कतिपय उनका शब्दले वास्तविकताको अनुभूति गराउछ । साहित्य क्षेत्रमा उनको यात्रा भने निकै लामो जाने उनले बताए । आफ्नो पहिलो प्राथमिकता नै लेखन भएको हुँदा प्राण रहुन्जेल नै नेपाली गीत संगीतमा र कला क्षेत्रमा नै मेहेनत गरेर लागिरहने उनको भनाई रहेको छ । अमेरिकामा पनि उनि त्यहाँ आयोजना हुने सांस्कृतिक कार्यक्रममा राम्रो उपस्थिति जनाउने गर्दछन । यस्तै नया प्रतिभालाई प्रोत्साहन दिने काममा पनि उनि निकै अगाडी छन् । नेपाली कला क्षेत्रलाई विदेशमा समेत परिचित गराउनु पर्दछ भन्ने गहकिलो सोच उनि भित्र छ र उनि त्यहि अनुसारले नै लागि पनि परेका छन् ।

अमेरिकामा बसेर ब्यस्त जीवनबाट पनि समय निकालेर नेपाली गीत संगीतमा खर्चिनु आफैमा पनि चुनौतिपूर्ण नै देखिन्छ । तर आफुले यस क्षेत्रको लागि हरेक चुनौतीको सामना गर्ने समेत उनको धारणा छ । यस्तै उनले निरन्तर यसै क्षेत्रमा एकबद्ध भएर लागिरहने र दर्शक श्रोताहरुलाई राम्रो राम्रो रचनाहरु प्रस्तुत गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् । यस्तै उनले दर्शक श्रोताहरुको साथ र मायाको आफुलाई खाँचो भएको भन्दै आगामी दिनहरुमा समेत यसै गरि नै सहि सल्लहा सुझाब र प्रतिक्रिया दिनुहुनको लागि समस्त दर्शक श्रोताहरुलाई आग्रह समेत गरेका छन् ।

हेर्नुस भिडियो :

Comments