तामाङ चलचित्रबाट उदाएका नायक शम्भु मोक्तानले म्युजिक भिडियोमा यस्तो तहल्का मच्चाउदै
screennepal
प्रकाशित: २०७५, २५ जेष्ठ शुक्रबार
no img

स्क्रिननेपाल डटकम :
शम्भु मोक्तान तामाङ यो नाम सुन्दा नौलो नै लाग्छ होला सबैलाई तर यो नाम नौलो भने यति बेला छैन । यो नाम नेपाली कला क्षेत्रमा बिगत लामो समय देखि संगर्ष गर्दै अगाडी बढिरहेका एक व्यक्तिको नाम हो । हो दर्शकबिन शम्भु मोक्तान तामाङले अहिलेको समयमा आफुलाई एक नायक, मोडल र निर्देशकको रुपमा दर्शकहरु माझ चिनाईसकेका छन् । उनको यात्रा अझ बेस्ट दिने क्रममा अगाडी बढिरहेको छ । रामेछापमा जन्मेका यी अभिनेताले यति बेला भने नेपालमा होइन मलेसियामा रहेर नेपाली कला क्षेत्रमा काम गरिरहेका छन् । तामाङ चलचित्रमा नायकको रुपमा जन्म लिएपछि अहिले भने उनि नेपाली म्युजिक भिडियोमा अलिक बढी नै ब्यस्त रहेको पाईएको छ । हुन त उनि आफु अभिनेताको हिसाबले अगाडी बढ्न चाहन्छन तर उनले यहि बीच २ वटा म्युजिक भिडियोको निर्देशन समेत गरिसके । यसलाई आफुले नया अनुभवमा लिएको उनको भनाई रहेको छ ।


उनले डेब्यु गरेको उक्त तामाङ चलचित्रको एक गीतबाट हिमालयन बेस्ट एक्टर अवार्ड पनि हात पार्न सफल भए । त्यसपछि उनको कला क्षेत्रमा यात्रा तीव्र गतिमा सुरु हुन थाल्यो । धेरै ठाउँबाट उनलाई अवसर र प्रस्तावहरु आए । पहिले चलचित्रमा काम गरिसकेको हुनाले पनि म्युजिक भिडियोमा काम गर्न उनलाई असहज भएन । उनि अभिनित अहिले सम्म ३ वटा भन्दा बढी म्युजिक भिडियो रिलिज भईसकेको भने अरु थुप्रै रिलिजको तयारीमा रहेको छ । उनले अहिले सम्म आधुनिक, रोमान्टिक र सेन्टिमेन्टल सबै खालका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।



हाल उनि नेपालमा होइन मलेसियामा कामको शिलशिलामा रहेका छन् । विदेशको जीवन सबैलाई थाहा नै छ ब्यस्त जीवन हुन्छ तर उनले भने उक्त ब्यस्त जीवनबाट समेत आफुले सक्ने प्रयास गरेर कला क्षेत्रलाई समय दिइरहेका छन् । यो आफैमा पनि चुनौतीपूर्ण देखिन्छ । तर अभिनय आफ्नो मुख्य पाटो भएकोले नै यसलाई नै कुनै पनि हालतमा निरन्तरता दिने उनको संकल्प छ । रामेछाप जिल्लामा जन्मेका उनि बाल्यकाल देखि नै कला क्षेत्रमा औधि नै रुची भएको बताउछन् । रहर र लगाव दुवै हुँदा समेत आफुले उक्त आफ्नो बाल्यकालको इच्छालाई सहि समयमा नै पुरा गर्न नसकेको उनको भनाई रहेको छ । तर समय बित्दै जाँदा उनले सहि ज्ञान र अनुभव लिएर कला क्षेत्रमा प्रवेश गरेको समेत उनले प्रष्ट पारे ।



मलेसियामा हुने अधिकांश महोत्सव र सांस्कृतिक कार्यक्रमहरुमा समेत उनको राम्रो उपस्थिति रहने उनले बताए । यस्तै उक्त कार्यक्रमहरुमा बेला बखत उनले आफ्नो प्रस्तुति देखाएर सबैलाई मनोरंजन समेत गराउने समेत गरेको उनले बताए । मलेसियामा उनको करिब ६ बर्ष भन्दा बढी बितिसक्यो र कला क्षेत्रमा लागेको ३ बर्ष भन्दा बढी यहि कुरालाई नियाल्दै उनि अब नेपाल नै फर्किने बताउछन् । अबको केहि समयमा नेपाल फर्केर नेपाली चलचित्रमा पनि काम गर्ने सोच रहेको र तामाङ चलचित्र निर्माणको समेत तयारी रहेको उनले बताएका छन् । तर म्युजिक भिडियो क्षेत्रमा पनि उत्तिकै आबद्ध भएर नै अगाडी बढ्ने उनको धारणा छ । आगामी दिन उनको कस्तो रहने हो र दर्शकहरुले उनको प्रस्तुतिलाई कति साथ दिनुहुने हो त्यो समयले नै बताउने छ ।

हेर्नुस भिडियो :

हेर्नुस तामाङ चलचित्र :

Comments