इशानले ल्याए ‘यो दिलमा’
screennepal
प्रकाशित: २०७५, २५ जेष्ठ शुक्रबार
no img

‘नेपाल आइडल’ सिजन–२ को अडिसनमै आउट भएका थिए निशान राई । सुमधुर स्वरका धनी इशानले त्यसलगत्तै गीत रेकर्ड गरे, ‘यो दिलमा’ । अहिले यसै गीतको लिरिकल भिडियो युट्युवमा सार्वजनिक भएको छ ।
सार्वजनिक गीतबारे गायक इशानले भने, ‘यो गीत मेरो ड्रिम प्रोजेक्ट हो । यो गीतको सबै पक्ष राम्रो बनेको छ ।’ उनले आफ्नो गीत सुनेर प्रतिक्रिया दिन समेत आग्रह गरेका छन् ।
यस गीतलाई एरेञ्जर तथा संगीत महाराज थापाले गरेका हुन् । वर्षा राईको शब्द तथा साजन शाहले मिक्सिङ गरेको यस गीतलाई विशाल राईले लिरिकल बनाएका हुन् ।

Comments