‘कादम्बरी कुञ्ज’ सार्वजनिक (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २४ जेष्ठ बिहीबार
no img

गीतकार कादम्बरी दाना श्रेष्ठको एकल रचनाा शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एकल संगीत संयोजन रहेको गीतिसंग्रह ‘कादम्बरी कुञ्ज’ सार्वजनिक गरिएको छ ।
वरिष्ठ गीतकार डा.रामविक्रम सिजापतिको प्रमुख आतिथ्यतामा वरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, एनआरएन अमेरिकाका अध्यक्ष राजा घलेलगायतले ‘कादम्बरी कुञ्ज’ सार्वजनिक गरे ।


डीएस म्यूजिकका प्रबन्ध निर्देशक डीपी खनालको सभापतित्वमा आयोजित कार्यक्रममा एल्बम निर्माणको क्रममा आफूले गरेका दुःखसुखको अनुभवहरुलाई संगीतकार ‘स्माइल’ले सुनाएका थिए ।
कार्यक्रममा एल्बम विमोचनको साथमा तीन वटा भिडियोसमेत सार्वजनिक गरिएको थियो । जसमा लैजाउन मलाई, आमा र शुभकामना गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो ।
समारोहमा गीतकार कादम्बरीले एकीकृत नेत्रहीन संघलाई २१ हजार सहयोग स्वरुप प्रदान पनि गरेकी थिइन् । सार्वजनिक एल्बमभित्र मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शंकर थापा स्माईलको स्वर रहेको एल्बममा ६ वटा गीत समावेश छ ।

Comments