पुजालाई अवसर दिने कोही छ ?
screennepal
प्रकाशित: २०७५, २३ जेष्ठ बुधबार
no img

फिल्मको रंगिन पर्दामा देखिने चाहना कस्को पो नहोला ? यस्तै चाहना बोकेर कला क्षेत्रमा संघर्षरतमध्ये एक हुन् पुजा लोहार । तर, यिनलाई अहिले अवसरको खाँचो छ ।
केहि म्युजिक भिडियोमा मोडलिङ गरेपछि फिल्म ‘दिपज्योति’बाट ठुलो पर्दामा देखिएकी पुजाले सम्भावना बोकेकी छन् । तर, उनलाई ‘दिपज्याति’ पछि खाशै राम्रो अवसर पाएकी छैनन् । उनी भन्छिन्, ‘भनेजस्तो अवसर पाएकी छैन । मलाई यतिखेर अवसरको पर्खाइमा छु ।’
पुजाले ‘दिपज्योति’मा एउटी क्याम्पस पढ्न विद्यार्थीकोे भूमिका गरेकी छन् । इटहरी पुजा यतिबेला राजधानीमै बसेर नृत्य, अभिनयलगायतका विधामा प्रशिक्षण लिरहेकी छन् ।
विभिन्न कम्पनीको बजार प्रमोट विज्ञापनमा समेत मोडलिङ गरेकी पुजाले फिल्म ‘धुम–२’मा पनि काम गरेकी छन् । तर, उनलाई त्यतिले मात्र चित्त बुझेको छैन । कला क्षेत्रमै केही गर्ने सोच लिएकी पुजा यसैमा निरन्तर लागि रहने बताउँछिन् । हैरौं, पुजालाई कसले अवसर दिने हो ?

Comments