अमेरिकामा मेहेनत गर्दै Y.P.K.K डान्स ग्रुप, गीतकार राजेश अर्यालले दिए यस्तो साथ
screennepal
प्रकाशित: २०७५, २३ जेष्ठ बुधबार
no img

स्क्रिननेपाल डटकम :
अहिलेको परिवेश हेर्ने हो भने नेपाल संग संगै बिदेशमा समेत नेपाली कलाको उत्तिकै चर्चा । बिदेशमा बस्ने नेपालीहरुले नै यसलाई प्रतिनिधित्व गरेर अगाडी बढाएको पनि देखिन्छ । पछिल्लो समय कबर डान्स गर्ने प्रथा निकै चलेको देखिन्छ । यसै प्रथाले अहिले एकसाएक डान्स ग्रुपको जन्म गराएको छ । यसै बीच अहिले अगाडी आएको ग्रुप मध्यको एक हो Y.P.K.K डान्स ग्रुप । यो ग्रुपको सुरुवात भएको धेरै लामो समय भईसक्यो । नेपालमा रहँदा सम्म धेरै नै मेहेनत गरेको यो ग्रुप हाल अमेरिकामा पनि उत्तिकै मेहेनतको साथ बढिरहेको खबर छ ।

यस डान्स ग्रुपमा हाल डम्बर भट्टराई, इशिता र सन्तोष गरी ३ जना व्यक्तिहरु आबद्ध रहेका छन् । यस ग्रुपलाई सहि तरिकाले नियन्त्रण गर्ने काम भने डम्बर भट्टराईले नै गरेका छन् । एक हिसाबले भनौ भने यस ग्रुपको लिडर भने डम्बर भट्ट नै हुन् । अहिले यहि ग्रुप द्वारा गरिएको गोदावरी बनैमा बोलको गीतको कबर भिडियो बाहिर आएको छ । केहि दिन अगाडी मात्र सार्वजनिक भएको यस भिडियो हेर्दा पनि ग्रुपको नाम जसरी नै फरक नै देखिन्छ ।


यस ग्रुपलाई पूर्णतया रुपमा निर्माण र अगाडी बढाउने काम डम्बर भट्टराईले नै गरे । उनि हाल अमेरिकामा बसोबास गरिरहेका छन् । तर उनको नृत्यमा यात्रा भने नेपाल रहँदा देखि नै सुरु भएको हो । बाल्यकाल देखि नै निकै नृत्यमा लगाव राखेका उनले नेपालमा रहँदा युवा प्रतिभा कला केन्द्र समेत खोलेर उनले सानासाना बालबालिका देखि युवा र नया प्रतिभा भएका व्यक्तिहरुलाई समेत बाटो देखाउथे । उनको यात्रा निकै लामो छ । त्यसपछि उनि अमेरिका गए तर त्यहाँ जाँदा पनि उनले डान्स गर्न छोडेनन् । उनि अमेरिकाको ब्यस्त जीवनबाट पनि केहि समय निकालेर लामो समय देखि डान्सलाई नै निरन्तरता दिइरहेका छन् । उनको उक्त कामको यति बेला अमेरिकामा रहनु भएका थुप्रै नेपाली सर्जकहरुले प्रशंसा समेत गरेको पाईएको छ ।

त्यसै मध्यका एक हुन् गीतकार राजेश अर्याल । लामो समय देखि अमेरिकामा बसेर नेपाली गीत संगीत क्षेत्रमा आफ्नो योगदान दिदै आइरहेका उनले Y.P.K.K डान्स ग्रुपका संचालक डम्बर भट्टराईको कामको प्रशंसा गर्दै उनलाई अगाडी बढ्नको लागि शुभकामना समेत ब्यक्त गरेका छन् । यस्तै उनले डम्बर भट्टराईको प्रयासले अमेरिकामा समेत कलाको निरन्तरता भईरहेको र अरु थुप्रै युवाहरुले पनि उनको कामबाट प्रेरणा पाईरहेको बताएका छन् । यस्तै उनले यस्तो उल्लेखनीय कामको लागि र उनको हर कदममा गर्नुपर्ने सहयोग आफ्नो तर्फबाट आफुले सक्ने गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् । उनको यस किसिमको अभिव्यक्तिले साच्चै नै परदेशमा समेत कलाको सम्मान र संरक्षण भएको देखिन्छ ।

हेर्नुस भिडियो :

Comments