संगर्ष गर्दै अगाडी बढ्दै मोडल पवन थिङ, परदेशबाट नेपाली म्युजिक भिडियो क्षेत्रमा यस्तो योगदान
screennepal
प्रकाशित: २०७५, २१ जेष्ठ सोमबार
no img

स्क्रिननेपाल डटकम :
नेपाली म्युजिक भिडियो क्षेत्रमा संगर्ष गरेर अगाडी बढिरहेका धेरै कलाकारहरुको जमात छ । त्यहि जमात भित्रको एक नाम हो पवन थिङ । नेपाली म्युजिक भिडियोको दुनियामा यो नाम नया र नौलो होइन । उनि बिगत २ बर्ष देखि यस क्षेत्रमा आफ्नो छुट्टै किसिमको परिचय बनाउने प्रयासमा जुटिरहेका छन् । उनको उक्त प्रयास, मेहेनतले र लगावले नै उनलाई निकै छोटो समयमा नै धेरैको माझमा चिनाएको छ । करिब २ बर्ष अगाडी उनि यस क्षेत्रमा प्रवेश गरेका थिए । तर आज दिन सम्म उनले धेरै कुराको ज्ञान र अनुभव लिई सकेको देखिन्छ । हुन त उनि यस क्षेत्रमा नया नै भन्दा फरक पर्दैन तर उनको अभिनय कौशलले भने उनि निकै पुरानो कलाकार भएको जस्तो आभास गराउदछ ।

उनको अहिले सम्म करिब ७ वटा भन्दा बढी म्युजिक भिडियो रिलिज भईसकेको छ । उनले हरेक खालको म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् जसको कारण पनि उनले निकै कम समयमा धेरै अनुभव बटुलिसकेको अनुमान लगाउन सकिन्छ । उनले ७ वटा म्युजिक भिडियोमा अभिनय गर्ने दौरानमा नै सफलता र असफलता दुबैको स्वाद चाखिसकेका छन् तर उनि कहिले पनि निराशाको घेरामा भने पर्न चाहेनन् । आफुले प्राप्त गरेको असफलतालाई पनि शक्तिमा परिवर्तन गरी अगाडी बढी नै रहे । उनि भित्रको इच्छा शक्तिले उनलाई नेपाली कला क्षेत्रबाट कहिले पनि टाढा लान सकेन ।

हाल उनि नेपाल बाहिर कार्य व्यस्तताले रहेका छन् । उनि मलेसियामा दुख गरिरहेका छन् तर आफ्नो काम संग संगै कला क्षेत्रमा पनि उनले उत्तिकै समय दिइरहेका छन् । नेपाल बाहिर बसेर नेपाली कला क्षेत्रमा समय खर्चिनु अवश्य पनि चुनौतीपूर्ण नै देखिन्छ । तर इच्छा र दृढ संकल्प भयो भने कुनै पनि काम सहजै गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदहारण मोडल पवन थिङ बनेका छन् । मलेसियामा हुने अधिकांश सांगीतिक कार्यक्रमहरुमा पनि उनको राम्रो उपस्थिति छ । यस्तै त्यहाँ बस्ने नेपालीहरुको माझमा पनि उनले आफ्नो अभिनय कुशलताको प्रदर्शन गरी आफ्नो छुट्टै किसिमको परिचय बनाईसकेका छन् । उनको धेरै म्युजिक भिडियोको छायांकन मलेसियामा नै भएको छ जसको कारण नेपाली गीत संगीतको र कलाको पनि प्रचार बिदेशी भूमिमा भएको देखिएको छ ।

उनि नेपाली म्युजिक भिडियो क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन करिब २ बर्षको अन्तरालमा नै उनले राम्रो सफलता हात पारेको देखिन्छ । अरु भन्दा केहि फरक गर्ने प्रयास उनिबाट सधै जसो नै भएको उनको भिडियोद्वारा साबित हुन्छ । ३ बर्षको मलेसिया बसाईले उनको जीवनमा धेरै परिवर्तन आईसकेको उनको भनाई रहेको छ । आफुले नया ठाउँ अनुसारबाट नै नया कुराहरुको अनुभव लिएको उनको दाबी छ । अबको केहि समयमा नै नेपाल आएर नेपालमै बसेर म्युजिक भिडियोमा निरन्तर रुपमा लागिपर्ने उनको सोच रहेको उनले उल्लेख गरेका छन् । सिन्धुपाल्चोक घर रहेका उनको भविष्यमा नेपाली चलचित्र क्षेत्रमा समेत काम गर्ने सोच रहेको छ । बाल्यकाल देखि नै अभिनय प्रति लगाव भएका उनको उक्त सपना भने मलेसिया गएर मात्र पुरा भयो ।

उनले अहिले सम्म आधुनिक, पप, रोमान्टिक जनराका गीतहरुको भिडियोमा अभिनय गरिसकेका छन् । उनि अभिनित धेरै म्युजिक भिडियो अब रिलिजको तयारीमा रहेको छ । केहि दिन अगाडी मात्र उनको एक म्युजिक भिडियोको छायांकन सकिएको छ जसमा उनको जोडीको रुपमा मोडल सुस्मा लिम्बु रहेकी छिन् । गायक संजय तामाङको स्वरमा सजिएको उक्त गीतको भिडियोको यति बेला सम्पादन कार्य भईरहेको छ । अबको केहि समयमा नै उक्त गीत सार्वजनिक गरिने पवन थिङले जानकारी दिएका छन् । उनको अभिनय कुशलता संग संगै उनको लुक्सको पनि धेरै नै चर्चा हुने गरेको छ । हेर्दा उनको लुक्स कोरियन मोडल संग मेल खान्छ । त्यसकारण पनि उनलाई धेरैले कोरियन मोडलको उपनाम समेत दिने गरेका छन् ।

फरक फरक अभिनय गर्न रुचाउने उनि आफ्नो प्राण रहुन्जेल यसै क्षेत्रमा लागिपर्ने बताउछन् । अहिले सम्म दर्शकहरुको गरेको मायाले नै आफु अगाडी बढिरहेको र आगामी दिनमा समेत दर्शकहरुको साथ र हौसला पाउने आशा उनले लिएका छन् । अब अगाडिको यात्रा निकै मेहेनतको साथमा बढाउने र दर्शकहरुलाई नया नया प्रस्तुति पेश गर्ने उनको भनाई रहेको छ । यस क्षेत्रबाट कहिले पनि पछि नहट्ने र निकै मेहेनतको साथमा लागिपर्ने र दर्शकहरुलाई कहिले पनि आफ्नो कामबाट निराश हुन नदिने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् ।

हेर्नुस भिडियो :

Comments