१३ वर्षपछि ‘त्यो पहिलो नजर’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २० जेष्ठ आईतवार
no img

गायिका एञ्जिला गौचन करिब १३ वर्षको अन्तरालपछि गायनमा ‘कम्ब्याक’ भएकी छन् । एञ्जिलाको ‘त्यो पहिलो नजर’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । यो गीत उनले १३ वर्षपछि ल्याएकी हुन् ।
२०६१ सालमै पहिलो एल्बम निकालेर गायन यात्रा अंगालेकी एञ्जिलाको यो सार्वजनिक गीत उनको दोस्रो एल्बमको हो । ‘त्यो पहिला नजर’ सार्वजनिक गरेपछि उनले भनिन्, ‘लामो समयपछि पुन सांगीतिक क्षेत्रमा आएकी छु ।’

‘त्यो पहिलो नजर’ मा सोहन मानन्धरको शब्द तथा संगीत रहेको छ भने विजेश्वर तण्डुकारले एरेन्ज गरेका हुन् । एञ्जिलाको यस गीतको भिडियोमा पछिल्लो समयकी व्यस्त मोडल तथा अभिनेत्री आँचल शर्मा र निर्देशक पासाङ योञ्जन लामाले अभिनय गरेका छन् । पासाङकै निर्देशन रहेको भिडियोमा दुवै जना खुलेका छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।

Comments