Video : अम्बिकाको शब्दमा अञ्जुको त्यो मन
screennepal
प्रकाशित: २०७५, १८ जेष्ठ शुक्रबार
no img

पाश्र्व गायनकी चर्चित गायिका अञ्जु पन्तको नयाँ गीत रिलिज भएको छ । सुगम संगीतमा छुट्टै पहिचान बनाएकी अञ्जुले ‘त्यो मनसँग यो मन’ बोलको गीत ल्याएकी छन् । यो गीत पनि मेलोडियस छ ।
सार्वजनिक अञ्जुको यस गीतमा ओम कर्माचार्यको संगीत तथा अम्बिका ज्ञवालीको शब्दरचना रहेको छ । गीतकार ज्ञवालीले शब्दहरुलाई प्रेमिल बनाउन प्रसस्त मेहनत गरेकी छन् । यस गीतको भिडियोमा गीतकार ज्ञवालीलाई मोडलको रुपमा समेत देख्न सकिन्छ ।
भिडियोमा ज्ञवालीसँग अभिनेता अनिल थापाले अनस्क्रिन रोमान्स गरेका छन् । उत्सव दाहालद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
चलचित्र ‘कोहलपुर एक्सप्रेस’ का निर्देशक विशाल भण्डारी यही भिडियोमार्फत पुनः म्युजिक भिडियोमा सक्रिय भएका छन् । प्रस्तुत गीतको भिडियो उनले पछिल्लो चरणमा निर्देशन गरेका भिडियोमध्ये एक हो ।

Comments