किम जोन उनभन्दा पहिले किम कार्दशियासँग ट्रम्पको भेट !
screennepal
प्रकाशित: २०७५, १७ जेष्ठ बिहीबार
no img

हिजोआज अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ‘भेटवार्ता हुने’ भन्ने खबरले विश्वभर स्थान पाइरहेको छ । तर, यता यसैबेला ट्रम्पले अर्कै ‘किम’सँग भेट गरेका छन् ।
उत्तर कोरियाली नेता किमसँगको भेटवार्ताको विषयमा बादल मडारिरहेका बेला ट्रम्पले हलिउडकी टिभी स्टार किम कार्दशियासित भेटेका हुन् ।
एक उद्देश्यसहित बुधबार किम कार्दशियया राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न पुगेकी थिइन् । समाचारमा जनाइएअनुसार किम एक ६२ वर्षीय हजुरआमाको रिहाईको चाँजो मिलाउन ट्रम्पलाई भेट्न गएकी हुन् । ती हजुरआमा नश्लीय दवावमा परी तस्करी मुद्दामा अक्टुबर १९९६ मा जेल परेकी थिइन् । यससँगै किमले ट्रम्पसँग जेल सुधारका बारेमा समेत कुराकानी गरेको बताइएको छ ।


३७ वर्षीया हलिउड स्टार किम पछिल्लो समय सामाजिक कार्यमा बढी व्यस्त हुन् थालेकी छन् । किमले कुराकानीपछि राष्ट्रपति ट्रम्पसँगको एक फोटो ट्विट गर्दै लेखेकी छन्, ‘कुराकानी एकदमै सकरात्मक भयो । यस दौरानमा जेलमा सुधार र सजायबारे पनि कुराकानी भयो ।’ उनले आफ्नो लागि समय छुट्टाएकामा ट्रम्पलाई धन्यवाद समेत दिएकी छन् । किमले ती हजुरआमालाई उमेरको हदले समेत सजायमा माफ गरिदिनु राष्ट्रपति ट्रम्पसँग आग्रह गरेको बताइएको छ ।


तीन बच्चाकी आमा किम कार्दशियया सोशल मिडियामा एकदमै चर्चित छन् । ट्विटरमा उनको ६० मिलियन फलोअर छन् । हलिउडका केही फिल्ममा काम गरिसेकी उनी विशेषगरी ‘रियालिटी टिभी स्टार’ का रुपमा चिनिन्छिन् । (एजेन्सीको सहयोगमा)

Comments