प्रेम वियोगमा ‘तिमीलाई सम्झेर’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १६ जेष्ठ बुधबार
no img

गायक शुभराज जीको ‘तिमीलाई सम्झेर’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गायक शुभराज जी र दीपेन्द्रको शब्दरचना रहेको यस गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
‘तिमीलाई सम्झेर’ यस गीतलाई दीपेन्द्र थापाले संगीत गरेका हुन् । विजयराजको निर्देशन रहेको यस गीतको भिडियोमा अनिश श्रेष्ठ र सिम्रनलाई फिचरिङ गरिएको छ । प्रेम वियोगमा आधारित यस भिडियोमा अनिश र सिम्रनको केमेष्ट्री पनि जमेको छ । यस भिडियोलाई दीपक अधिकारीले खिचेका हुन् । यस भिडियोलाई यु–ट्युबका दर्शक तथा श्रोताले निकै रुचाएका छन् । भिडियो रिलिज गरेको छोटो समयमै करिब ३५ हजारले हेरिसकेका छन् ।

Comments